बुधबार, फागुन ७ गते २०८१    
बुधबार, फागुन ७ २०८१
images
images

ज्याक मा र विनोद चौधरी भेट गर्दै : निर्वाणसहित हेलिकप्टरमा मेघौली जाने

images
बुधबार, असार १३ २०८०
images
images
ज्याक मा र विनोद चौधरी भेट गर्दै : निर्वाणसहित हेलिकप्टरमा मेघौली जाने

मंगलबार चार्टर्ड विमानमार्फत बंगलादेश हुँदै ज्याक मा सात सदस्यीय टोलिसहित नेपाल आएका थिए। नेपाल भ्रमणको उद्देश्य सार्वजनिक नगरिए पनि उनी चौधरी ग्रुपकाे सीजी फाउन्डेसनकाे निमन्त्रणामा नेपाल आएको सीजीनिकट स्रोतले जानकारी दिएको छ। 

images
images

काठमाडौं- नेपाल भ्रमणमा आएका चिनियाँ नागरिक तथा सेलिब्रेटी अर्बपति ज्याक मा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीबीच भेटवार्ता हुने भएकाे छ। चाैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसहित ज्याक मासँग भेट्ने कार्यक्रम छ। आजै ज्याक मा प्रबन्ध निर्देशक निर्वाण चौधरीसहित चितवन मेघौली जाने भएका छन्। दुईवटा हेलिकप्टरमा टाेली मेघाैली सेराइ जाने भएको हो। ज्याक मा आज उतै बस्ने कार्यक्रमसमेत तय भएकाे छ।

images
images
images

चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सेराइ रिसोर्टमा ज्याक मा रहने बताइएको छ। उनी काठमाडौंबाट हेलिकप्टरमा मेघौली जाने छन्। मंगलबार चार्टर्ड विमानमार्फत बंगलादेश हुँदै ज्याक मा सात सदस्यीय टोलिसहित नेपाल आएका थिए। नेपाल भ्रमणको उद्देश्य सार्वजनिक नगरिए पनि उनी चौधरी ग्रुपकाे सीजी फाउन्डेसनकाे निमन्त्रणामा नेपाल आएको सीजीनिकट स्रोतले जानकारी दिएको छ। 

images
images

ज्याक मा तीन दिन नेपालमा रहने छन्। नेपालमा भूकम्प गएका बेला विद्यालय लगायतको पुनर्निर्माणमा ज्याक माले चौधरी फाउन्डेसनमार्फत सहयोग समेत गरेका थिए। ज्याक मा निर्वाण चौधरीका निकट मित्र पनि मानिन्छन्। कोभिडको समयमा पनि ज्याक माले नेपालका लागि मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गरेका थिए। 

images
images
images

ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्। विश्वभर अर्बपति ज्याक माको चर्चा चलिरहन्छ। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीनबाहिर धेरै लोकप्रिय भएपछि उनी चिनियाँ सरकारको तारोसमेत बन्ने गरेका छन्।

सन् २०२० को अक्टोबरमा ज्याक माले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महँगो पर्‍यो। सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सिजिनपिङ नै आक्रोशित बनेको कतिपय मिडिया रिपोर्टमा उल्लेख थियो। 

चिनियाँ वित्तीय नियामकको आलोचना गरेपछि ज्याक माले प्रबर्द्धन गरेका कम्पनीमाथि चीन सरकारले कडाइ गर्दै आएको थियो। सरकारको निसानामा परेर विदेशिएका ज्याक मा गएको चैतमा चीन फर्किएका थिए। त्यसअघि उनी लामो समय जापान र थाइल्यान्ड बसेका थिए। 

ज्याक माले सन् १९९६ मा चाइना येलो पेजेजको सुरुवात गरेर व्यापारमा हात हालेका थिए। त्यसको तीन वर्षपछि सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरूसँग मिलेर ई-कमर्स वेबसाइट अलिबाबा सुरु गरेका हुन्।

अलिबाबाले चीन र बाँकी विश्वका निर्यातकर्तालाई विश्वभरका कम्पनीहरूसँग जोड्ने काम गर्दछ। अलिबाबाले ताओबाओ डटकम पनि चलाउँछ। यो चीनको सबैभन्दा ठूलो सपिङ वेबसाइट हो। अलिबाबाले पेमेन्ट वेबसाइटसम्मै आफ्नो पहुँच विस्तार गरेको छ।


प्रकाशित : बुधबार, असार १३ २०८००१:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend