मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

तुलसीपुर उपमहानगर ल्यायो ‘स्मार्ट छोरी : बिहेवारी २० वर्ष पारी’ कार्यक्रम

images
मंगलबार, असार १२ २०८०
images
images
तुलसीपुर उपमहानगर ल्यायो ‘स्मार्ट छोरी : बिहेवारी २० वर्ष पारी’ कार्यक्रम

तुलसीपुर उपमहानगरले आगामी आवका लागि एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० रूपैयाँको बजेट विनियोजन गरेको छ।

images
images

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ‘स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी’ कार्यक्रम अघि सारेको छ। सो कार्यक्रमअनुसार बालबिबाहलाई निरुत्साहित गर्दै स्मार्ट छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्नलाई प्रोत्साहन गर्ने नीति उपमहानगरले लिएको छ।

images
images
images

उपमहानगरपालिकाले आइतबार पेश गरेको आगामी आवको बजेटमा ‘समृद्ध तुलसीपुर : सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारा पनि अघि सारेको छ। उपमहानगरले आगामी आवका लागि कुल एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० रूपैयाँको बजेट विनियोजन गरेको हो। जसमा आन्तरिक स्रोतबाट २१ करोड, स्थानीय तह राजस्व बाँडफाँट, मालपोत, रजिष्ट्रेसनबाट १२ करोड, ढुंगा गिट्टी दहत्तर बहत्तरबाट तीन करोड र विज्ञापन करबाट १५ लाख गरी कुल आन्तरिक आम्दानी ३६ करोड १५ लाख रूपैयाँ अनुमान गरिएको छ।

images
images

पालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान २९ करोड आठ लाख, सशर्त अनुदान ६५ करोड १३ लाख, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान एक करोड र राजस्व बाँडफाँट संघ २३ करोड दुई लाख ७१ हजार, खानी र वन रोयल्टीबाट १५ लाख गरी कुल एक अर्ब १९ करोड १३ लाख ७१ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

images
images
images

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान दुई करोड २३ लाख ४१ हजार, सशर्त अनुदान दुई करोड ३६ लाख ५० हजार, समपूरक अनुदान दुई करोड, राजस्व बाँडफाँट प्रदेश दुई करोड ११ लाख ३० हजार सात सय ५० गरी कुल आठ करोड ७१ लाख २१ हजार सात सय ५० रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

अन्य संघसंस्था अनुदानमा नगर विकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान ४५ लाख र सडक बोर्ड नेपालबाट एक करोड, युएसआइडी (जीटुजी) कार्यक्रम सञ्चालनका लागि तीन करोड ७७ हजार रूपैयाँ अनुदान प्राप्त हुने अनुमान छ।

यसैबीच  तुलसीपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ। जसका लागि २५ करोड रूपैयाँभन्दा बढी रकम छुट्याइएको छ। 

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तुलसीपुर ट्रेड टावर निर्माणका लागि ११ करोड,  यातायात पूर्वाधारका लागि ६ करोड लगायतका शीर्षकमा रकम  विनियोजन गरिएको छ। बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि पाँच करोड रकम विनियोजन गरिएको छ।

त्यस्तै, उपमहानगरपालिकाको आफैले सञ्चालन गरेको तुलसीपुर मेट्रो अस्पताल र तुलसीपुर मेट्रो कलेजलाई प्रदान गरिने सेवासुविधा विस्तारका लागिसमेत बजेटमा प्राथमिकता दिएको छ। त्यस्तै, वडा नं १, ३, ४ र १९ मा वायु ऊर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागिसमेत बजेट विनियोजन गरिएको छ।

उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको छ। तुलसीपुरको अभियान, छोरीलाई विशेष सुरक्षा र सम्मान, स्मार्ट छोरी बिहेवारी २० वर्ष पारी कार्यक्रमलाई पनि प्राथमिकता दिई आवश्यक बजेट विनियोजन गरेको छ। रासस


प्रकाशित : मंगलबार, असार १२ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend