मंगलबार, जेठ २७ गते २०८२    
मंगलबार, जेठ २७ २०८२
images
images

सर्लाहीका जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा, डेढ करोड बिगो कायम

images
मंगलबार, असार १२ २०८०
images
images
सर्लाहीका जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा, डेढ करोड बिगो कायम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मंगलबार मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७ सय ६० रूपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

images
images

काठमाडौं- सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक (छैठौँ तह) तथा हाल सातौँ तहका कौशलेचन्द्र मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मंगलबार मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७ सय ६० रूपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

images
images

अख्तियारका अनुसार मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले सेवा प्रवेश गरेको ०५७ देखि ०७८ सम्मको अवधिमा उनको पारिश्रमिक बचत, भत्ता लगायतबाट प्राप्त रकम एक करोड १३ लाख ४५ हजार ८ सय हुन आउँछ। 

images
images
images

सो अवधिमा उनको खर्च भने दुई करोड ४३ लाख ९१ हजार पाँच सय रूपैयाँ देखिएकाले खर्चको तुलनामा प्राप्त आम्दानी एक करोड ३० लाख ४५ हजार सात सय ६० रूपैयाँ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै अख्तियारले सोही रकमबराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो। 

गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति उनको नाममा दर्ता रहेको सम्पत्तिबाट जफत गर्न समेत अख्तियारले मागदाबी गरेको छ। मिश्रले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्तिसमेत आफ्नी एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको देखिएको अख्तियारले जनाएको छ। उनीहरुलाई समेत अख्तियारले  प्रतिवादी कायम गरी मुद्दा दायर गरेको हो।


प्रकाशित : मंगलबार, असार १२ २०८००८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend