शुक्रबार, असोज ४ गते २०८१    
images
images

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङपछि पक्राउ परे थप ४ जना

images
मंगलबार, असार १२ २०८०
images
images
ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङपछि पक्राउ परे थप ४ जना

प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशंकामा थप केही व्यक्ति पनि खोजी गरिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन्।

images
images

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा पुन: अनुसन्धान अघि बढाएको प्रहरीले थप चारजनालाई पक्राउ गरेको छ। मंगलबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङलाई पक्राउ गरेलगत्तै थप चारजना पनि पक्राउ परेका हुन्। 

images
images
images

भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा काम गरिसकेका तत्कालीन कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी पक्राउ परेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेसँगै अन्य व्यक्तिहरू पनि पक्राउ परिरहेका छन्। 

प्रहरीले यस प्रकरणमा विशेष अपरेसन चलाइरहेको जनाएको छ। प्रहरीले उक्त प्रकरणमा संलग्न भएको आशंकामा थप केही व्यक्ति पनि खोजी गरिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिएका छन्।

images

यस प्रकरणमा डेढ वर्षअघि नै सीआईबीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले अनुसन्धान पूर्ण नभएको र थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो। २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको सीआईबीको अनुसन्धानले देखाएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन अवस्थामा नै छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ  ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ 

 


प्रकाशित : मंगलबार, असार १२ २०८००७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend