काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रूपैयाँ कायम छ।
चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी आज तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ।