शुक्रबार, असोज ४ गते २०८१    
images
images

तातोपानी होइन अब रसुवा केन्द्रित छ चीन, २ अर्ब १६ करोड खर्चेर सुक्खा बन्दरगाह बनाउँदै

images
सोमबार, असार ११ २०८०
images
images
तातोपानी होइन अब रसुवा केन्द्रित छ चीन, २ अर्ब १६ करोड खर्चेर सुक्खा बन्दरगाह बनाउँदै

रसुवा र तातोपानीबाट हुने आयात निर्यात र राजस्व संकलनको तथ्यांकले पनि अहिले रसुवा नाकाबाट नेपाल-चीन व्यापार बढ्दो क्रममा रहेको देखाउँछ। चालु आर्थिक वर्ष २०७९/०८० को जेठसम्ममा ७ अर्ब २७ करोड रूपैयाँ राजस्व संकलन भएको छ। 

images
images

काठमाडौं- चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित काम गरिरहेको छ। अहिले चीनसँगको व्यापार जोड्ने एकमात्रै नाका रसुवा बनेको छ। चिनियाँ पक्षले रसुवामा अनुदानमै ठूला संरचना निर्माण केन्द्रित गरेको छ। रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनबीच समझदारी भएको ८ वर्षपछि चिनियाँ पक्षले निर्माणलाई बल्ल तीब्रता दिएको छ। चीन सरकारले २ अर्ब १६ करोड ६० लाख रूपैयाँ लगानी गर्दै छ। 

images
images
images

सुक्खा बन्दरगाह २ हजार ८० वर्गमिटरमा फैलिएको छ। प्रस्तावित डिजाइनअनुसार ५ हजार वर्गमिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमिटरमा गोदाम बन्नेछन्। उक्त बन्दरगाहमा पार्किङ क्षमता ३५० वटा कन्टेनर अट्ने छन्। जाँचपास बिन्दु दुईवटा हुनेछन्। रसुवा जिल्लाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माणकार्य जारी छ। सन् २०१४ अक्टुवरमा यो बन्दरगाह निर्माणका लागि समझदारीपत्र (एमओयू) भएको थियो। त्यसयता सन् २०१५ मा डिजाइन तयार भएको थियो। सम्झौता भएको ८ वर्षपछि चीनले यो सुक्खा बन्दरगाह निर्माणलाई तीब्रता दिएको हो। 

चिनियाँ कम्पनी तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले सन् २०२२ डिसेम्बरदेखि काम सुरू गरेको थियो। उक्त कम्पनीका म्यानेजर वाङ पिङले यो बन्दरगाह २ अर्ब १६ करोड ६० लाख रूपैयाँ लगानीमा निर्माण गरिने सम्झौता भएको बताए। उनका अनुसार अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ। त्यसमा पर्खाल बनाउनेदेखि निर्यात-आयातका लागि आउने-जाने कन्टेनरहरू प्रवेश गर्ने सडकहरू निर्माण गरिँदैछ। उनले सन् २०२५ जुनसम्ममा सुक्खा बन्दरगाह निर्माण गरिसक्ने दाबी गरे। भूकम्प, कोरोनाका कारण बोर्डर क्षेत्र बन्द भएको थियो। नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाहको व्यवस्थापन गर्दै आएको छ।

सुक्खा बन्दरगाह बनेपछि गोदाम, पार्किङ, भन्सार जाँचपास, क्वारेन्टाइन लगायतका सुविधाहरू व्यवस्थित रूपमा उपलब्ध हुने छन्। 

images

रसुवा र तातोपानीबाट हुने आयात निर्यात र राजस्व संकलनको तथ्यांकले पनि अहिले रसुवा नाकाबाट नेपाल-चीन व्यापार बढ्दो क्रममा रहेको देखाउँछ। चालु आर्थिक वर्ष २०७९/०८० को जेठसम्ममा ७ अर्ब २७ करोड रूपैयाँ राजस्व संकलन भएको छ। 

चालु आर्थिक वर्षको असार पहिलो सातासम्म २ अर्ब ९४ करोड रूपैयाँ राजस्व संकलन छ। २०७६ जेठदेखि तातोपानी-खासा (चिनतर्फ)को नाका खुले पनि कोरोना भाइरसका कारण सामानहरू आयात न्यून नै भएको थियो। रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ। अहिले चीनको सामान भारतको हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको गरेको छ। 

रसुवा नाकाबाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको दाबी छ। रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनुमान छ। चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ। तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट सामान आयात निर्यात हुने गर्छ।

चीनले रसुवागढीदेखि स्याफ्रुबेँसी सडकखण्ड निर्माण पनि अनुदानमा गर्दैछ। नेपाल पक्षले अझै साइट क्लियरेन्सको काम नगर्दा चीनले अझै सडक सुधारको काम भने सुरु गर्न सकेको छैन। यता गल्छी-स्याफ्रुबेँसी सडकखण्ड भने नेपालको तर्फबाट निर्माण कार्य जारी छ। 


प्रकाशित : सोमबार, असार ११ २०८००१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend