शुक्रबार, असोज ४ गते २०८१    
images
images

झन्डै दुई करोड रूपैयाँ बराबरको सुनसहित एक जना पक्राउ

images
आइतबार, असार १० २०८०
images
images
झन्डै दुई करोड रूपैयाँ बराबरको सुनसहित एक जना पक्राउ

एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षीय हुमानन्द गिरी पक्राउ परेका हुन्।

images
images

भैरहवा- सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ।

images
images
images

प्रहरीले गए राति एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ रूपैयाँ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको हो। 

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिए। चेकजाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँट्टा फेला परेको उनको भनाइ छ। 

'सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ। कारमा फल्स बटम बनाई उक्त वस्तु ल्याइएको पाइएको छ', थापाले भने, 'आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौ, थप अनुसन्धान भइरहेको छ।'

images


प्रकाशित : आइतबार, असार १० २०८००७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend