बुधबार, जेठ २८ गते २०८२    
बुधबार, जेठ २८ २०८२
images
images

महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

images
शनिबार, असार ९ २०८०
images
images
महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ।

images
images

पर्वत- पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ। 

images
images
images

गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुंगा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए।

images
images

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन्। 

images
images
images

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ। रासस


प्रकाशित : शनिबार, असार ९ २०८००५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend