शुक्रबार, असोज ४ गते २०८१    
images
images

सवारी उत्पादक कम्पनीहरु किन धमाधम भर्ना गर्दैछन् महिला कर्मचारी?

images
शनिबार, असार ९ २०८०
images
images
सवारी उत्पादक कम्पनीहरु किन धमाधम भर्ना गर्दैछन् महिला कर्मचारी?

हिरो मोटोकर्पले महिलालाई क्षमता तथा नेतृत्व विकासका लागि ‘विमेन इन लिडरसिप’ कार्यक्रम नै गरिरहेको छ। यही कार्यक्रमबाट महिलाहरुको नेतृत्व विकास गरेर कम्पनीको माथिल्लो तहमा पुर्‍याउने लक्ष्य कम्पनीको छ। 

images
images

काठमाडौं- भारतका सबैजसो ठूला सवारी उत्पादक कम्पनीहरूले महिला कर्मचारी भर्नालाई उच्च प्राथमिकता दिइरहेका छन्। सोरुमहरूदेखि इन्जिनियरिङ तथा व्यवस्थापनसम्म महिला कर्मचारीलाई स्थान दिइरहेका छन्। 

images
images
images

मारुती सुजुकी, टाटा मोटर्स, हिरो मोटोकर्प, मर्सिडिज बेन्ज तथा महिन्द्राले आफ्नो कर्मचारी संरचनामा महिला कर्मचारीलाई प्राथमिकता दिएर लैंगिक विविधतालाई जोड दिन थालेका छन्। केही वर्षयता सवारी उत्पादक कम्पनीहरूले महिला कर्मचारी भर्नालाई प्राथमिकतामा राख्दै आएका छन्। 

यी कम्पनीहरूले आफ्ना विभिन्न ब्रान्चका लागि आवश्यक पर्ने महिला कर्मचारीहरू विभिन्न क्याम्पसबाट लिइरहेका छन्। क्याम्पसमा अध्ययन गरिरहेका र अध्ययन सकिएका महिला विद्यार्थीहरूलाई कम्पनीहरूले रोजगारी पहिलो प्राथमिकता दिइरहेका छन्। 

जर्मन विलासी कार निर्माता कम्पनी मर्सिडिज बेन्ज इन्डियाले २०२३ देखि भर्ना गर्ने कुल नयाँ कर्मचारीमध्ये आधा महिना भर्ना गर्ने नीति लिएको छ। यो नीतिलाई कडाइका साथ कार्यान्वयन गरिने कम्पनीले जनाएको छ। 

images

त्यस्तै भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले पनि नयाँ कर्मचारी भर्नामा लैंगिक समानतालाई प्राथमिता दिने बताएको छ। टाटा मोटर्सले आफ्ना सोरुमहरूका लागि लिइने नयाँ कर्मचारी भर्नामा कम्तीमा २५ प्रतिशत महिला हुनुपर्ने नियम बनाइएको टाटा मोटर्सको मानव संशाधन अधिकृत रवीन्द्र कुमारले बताएका छन्।

women in autop.jpg

आम्दानीका हिसाबले भारतको सबैभन्दा ठूलो सवारी उत्पादक कम्पनी टाटाका विभिन्न प्लान्टहरूको शप फ्लोर्समा ४ हजार ५ सयभन्दा बढी महिला कर्मचारीहरूले काम गर्दै आएका छन्। महिला कर्मचारी विभिन्न उत्पादन लाइन, प्यासेन्जर कार एसयूभी र कमर्सियल सवारीको लाइनअपमा कार्यरत रहेका छन्।

‘टाटा मोटर्सको पुने प्लान्टमा टीसीएफ उत्पादन लाइनमा सबै महिला कर्मचारी कार्यरत छन्,’ टाटा मोटर्सको मानव संशाधन अधिकृत रवीन्द्र कुमारले भने, ‘महाराष्ट्रको सो प्लान्टमा टाटाको प्रिमियम एसयूभी ह्यारियर र सफारी उत्पादन हुँदै आएको छ। त्यहाँ पनि महिला कर्मचारीहरू प्राथमिकतामा छन्।’

पुने प्लान्टमा पूर्ण महिला कर्मचारी रहेका छन्। एसेम्ब्ली लाइनको सबै मेकानिकल, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पार्टसको उत्पादनमा महिला कर्मचारी नै रहेको टाटा मोटर्सले जनाएको छ।

अर्को भारतीय कम्पनी महिन्द्राले पनि महिला कर्मचारीको भर्तीलाई उल्लेख्य प्राथमिकता दिएको छ। आगामी दिनमा पनि नयाँ कर्मचारी भर्ना गर्दा महिलालाई नै प्राथमिकता दिइने महिन्द्राका सीएचआरओ राजेश्वर त्रिपाठीले बताएका छन्। 

एमजी मोटर इन्डियाको इन्जिनियरिङ, उत्पादन, एचआर, आईसी, फाइनान्सलगायत सबै डिपार्टमेन्टमा गरेर ३७ प्रतिशत महिला कामदार रहेका छन्। यो हिस्सालाई २०२३ को अन्त्यसम्ममा एमजी मोटर इन्डियाको कुल कामदारमा महिलाको हिस्सा ४० प्रतिशत बनाइने एमजी मोटर इन्डियाका सीईओ इमिरेटस राजीभ चावाले बताएका छन्।

‘कार्यक्षेत्रमा लैंगिक समानता कायम गरेर काम गर्न सकियो भने आइडियाहरू धेरै आउनेछन्। इन्नोभेसनमा समेत सहयोग पुग्ने भएकाले संस्थाको दीर्घकालीन विकासमा टेवा पुग्छ,’ चावाले भनेका छन्, ‘एमजीको समग्र कर्मचारीमा महिलाको हिस्सा बढाउँदै जाने नीति रहेको छ। आगामी २ वर्षभित्र कुल कर्मचारीमा महिलाको हिस्सा ५० प्रतिशत बनाउने लक्ष्य रहेको छ।’ 

मर्सिडिज बेन्जमा लैंगिकमैत्री कर्मचारी संयन्त्र बनाउन कम्पनी लागि परेको मर्सिडिज बेन्ज इन्डियाका प्रबन्ध निर्देशक तथा सीईओ सन्तोष ऐरले बताए। ‘नयाँ भर्ना गरिने प्राविधिक कामदारमा महिला नै प्राथमिकतामा छन्,’ उनले भने, ‘अहिले भएको ५० प्राविधिक महिला कामदारलाई सतप्रतिशत बढाउने नीतिमा कम्पनी रहेको छ।’ 

wom auto.png

संख्याका आधारमा भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले पनि महिला कामदार बढाउने योजनालाई प्राथमिकतामा साथ लिएको छ। मारुती सुजुकीले पनि महिला कामदारको संख्या बढाउने कुरालाई मध्यनजर गरेर काम गरिरहेको मारुती सुजुकीका एमईबी राजेश उपालले बताए। 

त्यस्तै दुई पांग्रे सवारीमा भारतमात्र नभइ संसारकै ठूलो कम्पनी हिरो मोटोकर्पले पनि महिला कामदारको संख्या बढाउँदै जाने नीति लिएको छ। नयाँ भर्ती गरिने कर्मचारीमा महिलाको संख्या बढाउँदै लगिएको हिरो मोटोकर्पले जनाएको छ। कम्पनीको प्रवक्ताले भनेका छन्, ‘हिरोले भौगोलिक तथा कार्यक्षेत्र सबैमा महिला कर्मचारीको संख्या बढाउँदै जानेछ।’

२०२३ मा हिरोले भर्ना गरेको कुल कर्मचारीमध्ये ३१ प्रतिशत क्याम्पस सकेका महिलाहरू नै थिए। आगामी वर्षदेखि यसरी गरिने भर्नामा महिलाको संख्या ५० प्रतिशतभन्दा माथि लैजाने योजना रहेको हिरो मोटोकर्पले जनाएको छ।

हिरो मोटोकर्पले महिलालाई क्षमता तथा नेतृत्व विकासका लागि ‘विमेन इन लिडरसिप’ कार्यक्रम नै गरिरहेको छ। यही कार्यक्रमबाट महिलाहरूको नेतृत्व विकास गरेर कम्पनीको माथिल्लो तहमा पुर्‍याउने लक्ष्य कम्पनीको छ। 

त्यस्तै भारतमा सवारी उत्पादन गरिरहेका अन्य कम्पनीहरूले पनि नयाँ कर्मचारी भर्ना गर्दा महिलाहरूलाई प्राथमिकतामा राख्न थालेका छन्। कम्पनीको काम गर्ने वातावरणमा सौहार्दता ल्याउन र लैंगिकमैत्री कम्पनीका रुपमा विकास गर्न उनीहरूको ध्यान यसतर्फ आकर्षित भएको हो।


प्रकाशित : शनिबार, असार ९ २०८०१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend