शुक्रबार, असोज ४ गते २०८१    
images
images

भरतपुर महानगरले पनि हटाउन थाल्यो अतिक्रमित संरचना 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ८ २०८०
images
images
भरतपुर महानगरले पनि हटाउन थाल्यो अतिक्रमित संरचना 

महानगरले सडक सञ्जाल विस्तार र सार्वजनिक जग्गा संरक्षणका क्रममा ती संरचना हटाएको हो। विसं २०५२ देखि निर्माण भएका संरचना हटाइएको हो।

images
images

चितवन- भरतपुर महानगरपालिका-१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ। महानगरपालिकाले पटक-पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो।

images
images
images

भरतपुर-१० का वडाअध्यक्ष परमेश्वर खनालका अनुसार नहर मिचेर बनाइएका संरचना र सडक क्षेत्राधिकार मिचेर बनाइएका १२ भौतिक संरचना हटाइएको हो। महानगरले सडक सञ्जाल विस्तार र सार्वजनिक जग्गा संरक्षणका क्रममा ती संरचना हटाएको हो।
 
विसं २०५२ देखि निर्माण भएका संरचना हटाइएको हो। सडकबाट १५ मिटर क्षेत्रमा रहेका संरचना हटाइएको छ। यसअघि महानगरले नारायणी नदी किनारमा बनेका संरचना, चितवन माविको जग्गामा बनेका संरचनासमेत हटाएको थियो। आफ्नो क्षेत्रभित्रका सरकारी जग्गा संरक्षण गर्न अतिक्रमण हटाउन महानगरले तदारुकता देखाएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अतिक्रमित संरचना हटाउने कामलाई अभियानकै रूपमा सञ्चालन गरिरहँदा देशभरका स्थानीय तहहरू पनि यसतर्फ लागिरहेका छन्। 


प्रकाशित : शुक्रबार, असार ८ २०८००७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend