शुक्रबार, माघ १८ गते २०८१    
शुक्रबार, माघ १८ २०८१
images
images

आन्तरिक हवाई उडान गर्ने कम्पनीहरूलाई नियमन गर्न संस्थाको दायित्व र बीमासम्बन्धि ऐन बन्दै

images
आइतबार, कात्तिक २१ २०७८
images
images
आन्तरिक हवाई उडान गर्ने कम्पनीहरूलाई नियमन गर्न संस्थाको दायित्व र बीमासम्बन्धि ऐन बन्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा सञ्चालन संस्थाको दायित्व सम्बन्धित ऐनको प्रारम्भिक मस्यौदा तयार पारेको छ।

images
images

काठमाडौं- सरकारले पहिलोपटक आन्तरिक वायुसेवा सञ्चालन संस्थाको दायित्वसम्बन्धि ऐन तर्जुमा गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा सञ्चालन संस्थाको दायित्वसम्बन्धि ऐनको प्रारम्भिक मस्यौदा तयार पारेको छ।

images
images
images

अहिले 'वार्सा कन्भेक्सन'अनुसार आन्तरिक वायुसेवा सञ्चालन संस्थाहरूको नियमन भइरहेको छ। तर नेपालको आफ्नै कानून भने छैन। वायुसेवा सञ्चालन संस्थाहरूको दायित्वसम्बन्धि विषयलाई समावेश गरेर ऐन ल्याउने तयारी भएको मन्त्रालयका एक सहसचिवले जानकारी दिए।

images

‘अहिलेसम्म आन्तरिक वायुसेवा सञ्चालन संस्थाको दायित्वसम्बन्धि ऐन बनेको छैन,’ स्रोतले भने, ‘ अहिलेसम्म जहाज दुर्घटना हुँदा तथा यात्रुको ब्यागेज हराउँदा पनि १९२० को वार्सा कन्भेक्सनअनुसार नै चलेको छ।’

images
images
images

मन्त्रालयले अहिले एयरलाइन्स कम्पनीहरूको दायित्व के हुने विषय कानून बनाउने लागेको जनाएको छ। कानूनमा यात्रुको बीमा, ब्यागेज, अंगभङ भएको अवस्थाdf पाउने क्षतिपूर्ति लगायतका विषय समावेश हुने भएको छ। 

कानूनमा आन्तरिक वायुसेवा सञ्चालन कम्पनीहरूले पालना गर्नु पर्ने दायित्वको विषय समाावेश हुने भएको छ। सामान्यत: यो कानून पनि 'मोनिट्रियल कन्भेन्सन' अनुसार नै तय भएको छ। क्षतिपूर्तिको विषय राष्ट्रियस्तरको र एयरलाइन्स कम्पनीको अवस्था हेरेर तय हुने मन्त्रालयको भनाइ छ।

अहिले नेपालमा आन्तरिक उडानमा हवाई यात्रुको संख्या बढ्दै छ। यात्रु संख्या बढेसँगै आन्तरिक हवाई सेवा कम्पनीहरू जहाज थप्ने प्रतिस्पर्धामा नै उत्रिएका छन्। नेपालमा अहिले बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, तारा, समिट र नेपाल एयरलाइन्सले आन्तरिक हवाई सेवा प्रदान गर्दै आएका छन्।


प्रकाशित : आइतबार, कात्तिक २१ २०७८०६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend