शुक्रबार, असोज ४ गते २०८१    
images
images

सम्पन्न हुँदै उपत्यकाका विस्तारित सडक, कहाँ-कहाँ बाँकी छ निर्माण?

images
बिहीबार , असार ७ २०८०
images
images
सम्पन्न हुँदै उपत्यकाका विस्तारित सडक, कहाँ-कहाँ बाँकी छ निर्माण?

काम बाँकी रहेका सडकमा थली, भैँसेपाटी, ढोलाहिटी-सुनाकोठी रहेका छन्। यिनमा पनि बाँकी काम छिटै सम्पन्न गर्ने आयोजनाको तयारी रहेको छ। नख्खुबाट भैँसेपाटीसम्मको सडकमा मुख्य काम सकिएर थोरै छेउछाउका काम मात्रै बाँकी छन्। 

images
images

काठमाडौं- झन्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौं उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन्। सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय लागेका यी सडक अब सम्पन्न हुन लागेका हुन्।

images
images
images

विस्तारको सडक निर्माण कतैकतै थोरै मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। उनका अनुसार कुनैमा ओभरले बाँकी, कुनैमा रंग लगाउन त कुनैमा पैदल यात्रु मार्ग बनाउन गरी थोरैथोरै मात्रै बाँकी रहेको छ। उनले भने, 'ती काम पनि सकाएर ठेक्का टुंग्याउन लागिएको छ।' 

हाल सम्पन्न हुन लागेकामा काठमाडौं उपत्यकाका तीन जिल्लाका सडक छन्। काठमाडौंमा त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक, चाबहिल-साँखु, जोरपाटी-सुन्दरीजल सडक ललितपुरमा ढोलाहिटि-लेले सडक, नख्खु-भैँसेपाटी सडक, कर्मनाशा खोला-गोदावरी सडक, इमाडोल-लामाटार सडक छन्। भक्तपुरमा पेप्सीकोलाबाट सानोठिमी हुँदै सूर्यविनायकसम्मको सडक रहेको छ। 

विगतमा अलि बढी समस्या चाबहिल-साँखु सडकमा रहेको सूचना अधिकारी जोशीले बताए। पहिले समस्या रहेको तिवारी टोल र सल्यानटारमा काम भइसकेको छ। पहिले समस्या भएको चाबहिलदेखि सुन्दरीजल सडक, त्रिपुरेश्वरबाट कलंकी हुँदै नागढुंगा सडक सबै सम्पन्न भइसकेका छन्। उनले भने, 'कलंकी-नागढुंगामा खानेपानी, बिजुलीले खनेको ठाउँमा मात्रै थोरै काम बाँकी छ।' 

images

काम बाँकी रहेका सडकमा थली, भैँसेपाटी, ढोलाहिटी-सुनाकोठी रहेका छन्। यिनमा पनि बाँकी काम छिटै सम्पन्न गर्ने आयोजनाको तयारी रहेको छ। सबैले चासोका साथ हेरेको नख्खुबाट भैँसेपाटीसम्मको सडकमा मुख्य काम सकिएर थोरै छेउछाउका काम मात्रै बाँकी छन्। 

निर्माणको काम भइसकेका सडक पनि धेरै हस्तान्तरण हुन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए। विगत वर्षमा सम्पन्न भइसकेका सडक पनि हस्तान्तरण भइसकेका छैनन्। निर्माणाधीन सडकमा मर्मतसम्बन्धी कुनै काम गर्नुपर्दा सम्बन्धित योजना कार्यालयले र हस्तान्तरण भएपछि डिभिजन सडक कार्यालयले गर्ने गर्छ। उनले भने, 'अहिले कुनैकुनै सडकमा डिभिजनले हस्तान्तरण नभए पनि मर्मत गरिरहेकाले समस्या आएको छैन।'

निर्माण कम्पनीले सम्पन्न गरेपछि एक वर्षसम्म त्यो सडक वा पुल मर्मत गर्नुपर्ने हुन्छ। त्यो एक वर्ष सकिएपछि नै ठेक्का सम्पन्न हुन्छ र योजना कार्यालयले सडक हस्तान्तरण गर्छ। अहिले सम्पन्न हुने क्रममा रहेका अधिकांश सडकको विसं २०७१ र विसं २०७२ मा ठेक्का सम्झौता भएको थियो।

सुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन। आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरे पनि स्थानीयको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन। लामो समय निर्माण अवरूद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो। त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्री सजिलै उपलब्ध नहुँदा निर्माण चालु हुन नसकेको आयोजनाले बताउँदै आएको छ। विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुका कारण एउटै रहेको थियो। नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार सेवा प्रदायक संस्था लगायतले संरचना त्यहाँबाट सार्न लामो समय लगाएका थिए।

सरकारले आव २०६३/६४ मा सोल्टीमोड-नागढुंगा सडक विस्तार गर्न आयोजनाको सुरु गरेको थियो। काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामा घण्टौँसम्म जाम हुने समस्या समाधनका लागि यो सडक विस्तार भएको थियो। त्यसपछि काठमाडौंका अरु सडक ललितपुरका चक्रपथसँग जोडिने सडक, भक्तपुरमा पुरानो बाटोको सडक विस्तार अघि बढाएइको थियो। यी सडक सम्पन्न हुने लामो समय लागेकाले सरकारले उपत्यकामा थप सडक विस्तारको योजना बनाएको छैन। रासस


प्रकाशित : बिहीबार , असार ७ २०८००८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend