बिहीबार , जेठ २९ गते २०८२    
बिहीबार , जेठ २९ २०८२
images
images

विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा

images
बिहीबार , असार ७ २०८०
images
images
विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा
images
images

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिक दुरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ।

images
images
images

आँबुखैरेनी गाउँपालिका-५ लाम्दीकी मुना गुरुङ विद्यालय जान बिहान ७:३० बजे नै घरबाट निस्किन्छिन्। गुरुङलाई विद्यालय पुग्न साढे दुई घण्टा समय लाग्छ। सबेरै नहिँडे विद्यालय पुग्न असम्भव छ। कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक पाँच घण्टा विद्यालय आउजाउ गर्न खर्चिन्छिन्।

images
images

बिहान साढे दुई घण्टा र विद्यालयबाट घर फर्किन साढे दुई घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ। 'बिहानै हिँडेर विद्यालय जाने र फर्किने गर्दा पाँच घण्टाको यात्रा गर्नुपर्ने हुन्छ, बेलुका घर फर्किंदा त रातै पर्छ,' उनले भनिन्। दैनिक यसरी हिँड्दा खुट्टा दुख्नुका साथै अध्ययनमा पनि समस्या हुँदै आएको उनको भनाइ थियो।

images
images
images

सोही कक्षामा अध्ययनरत लाम्दीको तल्लो भेगका विजय गुरुङ पनि दैनिक विद्यालय आउजाउ गर्न पाँच घण्टा हिँड्छन्। बिहानै साथीभाइसँग पैदलयात्रा गरेपछि करिब साढे दुई घण्टापछि उनी विद्यालय पुग्छन्। उनले भने, 'हाम्रो घरबाट विद्यालय पुग्न साढे दुई घण्टा लाग्छ। साथीहरुसँग हिँडेरै विद्यालय जाने-आउने गरेका छौँ।'

कक्षा ८ मा अध्ययनरत सोही ठाउँकै गुनबहादुर गुरुङको दैनिकी पनि यस्तै छ। उनले भने, 'घर नजिक विद्यालय छैन। यसरी हिँडनुको विकल्प छैन।' विद्यालयबाट सबैभन्दा टाढाको दुरीमा रहेको ठाउँ हो लाम्दी। यहाँका विद्यार्थी दैनिक यसरी नै हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ। यसबाहेक भोटेश्वाराका विद्यार्थीले पनि दैनिक विद्यालय जानमात्रै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता छ।

विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भौगोलिक दुरीका कारण विद्यार्थीलाई आउजाउमा समस्या हुँदै आएको बताए। 'गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको  सुविधाका लागि दुई वटा जिपको व्यवस्था गरेसँगै अब विद्यार्थीलाई आउजाउँमा सास्ती हुदैन्', उनले भने।

प्रधानाध्यापक गुरुङका अनुसार हाल विद्यालयमा एक सय २४ विद्यार्थी अध्ययनरत रहेकामध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो। उनले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।

विद्यालयलाई बस खरिद गरर दिने योजना बनाएको गाउँपालिकाले तत्कालका लागि मंगलबारदेखि दुई वटा जिप सञ्चालनमा ल्याएको जनाएको छ। योसँगै भौगोलिक दुरी टाढा भएका विद्यार्थीले अब पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ।

जिप सञ्चालनमा आएपछि कक्षा १० मा अध्ययनरत मुना गुरुङले जिप चढेर विद्यालय पुग्न २०/२५ मिनेट लाग्ने बताइन्। उनले भनिन्, 'अब एकदम सजिलो हुने भयो। हिँड्दा खर्च हुने समयमा अब पढाइमा लगाउन सकिन्छ।'

विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए। उनले भने, '१५ वर्ष अगाडि म पनि यही विद्यालयमा पढ्दा दैनिक घण्टौंँ हिँडेर आउँथे। गाउँपालिकाले जिप उपलब्ध गराएपछि कष्टकर यात्रा अब अन्त्य भएको छ।'

प्रधानाध्यापक गुरुङका अनुसार दुई वटा जिपले दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ। वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जिप सञ्चालन गरिएको छ। वडा नं ५ मा चल्ने जिपले बाटोमा पर्ने ६ नं वडाका विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको उनले जानकारी दिए। उनका अनुसार दुवै वडाका करिब ८० विद्यार्थीले यो सुविधा पाएका छन्। 

'वडा नं ५ र ६ को सिमानामा पर्ने खारेडाँडामा रहेको जोखिमपूर्ण भिरको बाटो हिड्नुपर्ने बाध्यता अन्त्य भएको छ', प्रधानाध्यापक गुरुङले भने, 'उक्त ठाउँमा दुई वर्ष अगाडि ग्याबिन जाली भरेर सुरक्षित बनाइएको छ। वर्षाको समयमा बाटो बिग्रिने, पहिरो जानेलगायत समस्याका कारण विद्यार्थीले दुःख पाएका थिए।'

विद्यालय सुधार अभियानअन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनका अनुसार बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइञ्जेल कन्यादेवीलाई जिप उपलब्ध गराइएको हो। 

'कतिपय विद्यार्थीलाई विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो। त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ। यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन्', अध्यक्ष चुमानले भने।

उनका अनुसार आँबुखैरेनी गाउँपालिकाको छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन्। 'गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत अगाडि बढाएको छ', उनले भने।


प्रकाशित : बिहीबार , असार ७ २०८००७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend