शुक्रबार, असोज ४ गते २०८१    
images
images

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड, आजदेखि पुनः उत्पादन सुरु 

images
बुधबार, असार ६ २०८०
images
images
हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड, आजदेखि पुनः उत्पादन सुरु 

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ।

images
images

मनहरी- आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ। आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो।

images
images
images

संस्थाका अनुसार उद्योग हालसम्म ९० करोड रूपैयाँको घाटामा चलिरहेको छ। आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो। यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ रूपैयाँ आम्दानी गरेका थियो भने एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई १६ करोड ३६ लाख तीन हजार चार सय ९९ रूपैयाँ नाफा कमाएको थियो। यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्यांक छ। 

आव २०७५/७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार  हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो। यसमा एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ रूपैयाँ आम्दानी गरेकामा एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई एक करोड पाँच लाख ४१ हजार एक सय ३६ रूपैयाँ नोक्सानी व्यहोरेको थियो। त्यसपछि आव २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो। यसमा एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ रूपैयाँ आम्दानी गरेकोमा एक अर्ब २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ रूपैयाँ खर्च भई २३ करोड ८२ लाख २४ हजार रूपैयाँ उद्योगलाई घाटा भएको थियो।

यस्तै आव २०७७/७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ रूपैयाँ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ रूपैयाँ खर्च हुँदा १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो। 

images

यसैगरी, आव २०७८/७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो। यसमा एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ आम्दानी गरेकामा एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई २३ करोड ५५ लाख १० हजार नौ सय ६९ /रूपैयाँ उद्योग घाटामा गएको थियो।

यस्तै, आव २०७९/८० मा एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० रूपैयाँ आम्दानी गर्न सफल रहेको उद्योगले एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ रूपैयाँ खर्च गरेको थियो। यो आवमा उद्योगलाई ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ रूपैयाँ घाटा भएको महाप्रबन्धक पाण्डेले बताए।

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ। महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताउँछन्। उनका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन्।

उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिंकर उत्पादन सुरु गरेको छ। अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ। उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उनले बताए।

पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा व्यहोरिरहेको उनले बताए। उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन्। उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन्। कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ। 

आजदेखि पुनः उत्पादन सुरु

दुई महिनादेखि बन्द रहेको यो उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिंकर’को उत्पादन पनि सुरु गरेको जनाएको छ।

क्लिंकर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ। हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको छ।

उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले रासससँग आज कुराकानी गर्दै उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको बताए। उनले प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको जानकारी दिए। उनका अनुसार बाँकी एक हजार दुई सय मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ।

महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरिद प्रक्रिया अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गरे।

हेटौँडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले बेलाबेला उक्त उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायक महाप्रबन्धक नवीन कुमार कर्णले जानकारी दिए। 'यसरी सञ्चालित उद्योग बन्द गर्नुपर्दा करोडौँको क्षति भएको छ। अब नयाँ प्रविधि भित्र्याएर उद्योगलाई आत्मनिर्भर बनाउने तर्फ योजना बनाएर कार्यान्वयन गर्नेछौँ', उनले भने।

हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि उत्पादन सुरु गर्दै आएको थियो। उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरे पनि उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ गर्नुका साथै काठमाडौंलगयात विभिन्न सहरमा सिमेन्टको आपूर्ति गरिरहेको कर्णको भनाइ थियो। 

उद्योगले सिमेन्ट उत्पादनका लागि नयाँ उपकरण खरिद गरी जडान गर्न र नयाँ प्रविधिसहित उद्योग सञ्चालन गर्न प्रधानमन्त्रीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्राचार गरी अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए। सरकारलाई उद्योगमा रहेका विद्यमान समस्याका बारेमा जानकारी गरिसकिएकाले त्यसतर्फ पहल गरिदिनु सम्बन्ध निकायलाई उनले आग्रह पनि गरे। रासस


प्रकाशित : बुधबार, असार ६ २०८००६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend