शुक्रबार, असोज ४ गते २०८१    
images
images

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

images
बुधबार, असार ६ २०८०
images
images
पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी-किमाथांका सडक ठप्प भएको हो। 

images
images

किमाथांका- संखुवासभामा अविरल वर्षासँगै आएको बाढी-पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।

images
images
images

लगातारको वर्षाले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी-किमाथांका सडक ठप्प भएको हो। 

गए राति वर्षासँगै आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध भएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए। उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

मकालु गाउँपालिका-५ को मुढे र मकालु-३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका-५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख कोइरालाले बताए। अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए। पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन। सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन्।

images

सत्र घरपरिवार विस्थापित 

संखुवासभामा बाढीपहिरोका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्। पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र सभापोखरी र मकालु गाउँपालिकामा १७ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बाढी पहिरोका कारण ११ घर पूर्ण क्षति भएको छ भने ६ घरमा आंशिक क्षति भएको प्रनाउ गोदारले बताए। बाढी-पहिरोबाट विस्थापित छरछिमेकी र आफन्तको शरणमा बसेका छन्।

बाढी-पहिरोका कारण चैनपुर नगरपालिकामा आठ, पाँचखपन नगरपालिकामा चार, सभापोखरी गाउँपालिकामा चार र मकालु गाउँपालिकामा एक घरपरिवार विस्थापित भएको प्रनाउ गोदारले बताए।

गत शनिरबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका २० जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट बेपत्ता भएकाको खोजीकार्यमा वर्षाका कारण समस्या भएको छ। अहिले पनि त्यस क्षेत्रमा वर्षा भइरहेको छ। बाढीपहिरोबाट २० जनामध्ये १६ जना सुपर हेवाखोला हाइड्रोपावरका, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक जना, अमर कन्ट्रक्सनका एक जना र सभाखोपरी गाउँपालिकामा दुई जना बेपत्ता भएका छन्।

बाढीपहिरोका कारण जिल्लाका आठवटा हाइड्रोपावरमा क्षति पुगेको छ। बाढीले दुईवटा पक्की पुल बगाएको छ भने एउटा पक्की पुलमा आंशिक क्षति पुगेको छ।

चैनपुर नगरपालिका-४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो। बाढी भौतिक संरचना बगाउँदा करोडौँ रुपैयाँको क्षति भएको छ। रासस


प्रकाशित : बुधबार, असार ६ २०८००५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend