शुक्रबार, असोज ४ गते २०८१    
images
images

कोशी प्रदेशले बाढी पहिराबाट मृत्यु हुनेको परिवारलाई एक लाख राहत दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ५ २०८०
images
images
कोशी प्रदेशले बाढी पहिराबाट मृत्यु हुनेको परिवारलाई एक लाख राहत दिने

कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

images
images
विराटनगर- कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई एक लाख र घाइतेलाई उपचारका ५० हजार रूपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ।
 
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।
 
त्यसैगरी, बैठकले कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ।


प्रकाशित : मंगलबार, असार ५ २०८००४:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend