शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी

images
सोमबार, असार ४ २०८०
images
images
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी

हाल प्रतिमहिना औसतमा ४० अर्ब रूपैयाँको विद्युतीय कारोबार हुने गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ।

images
images
images

केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए।

images
images

वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुछ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्नु पाउनुपर्नेमा जोड दिए।

images
images
images

उनका अनुसार हाल प्रतिमहिना औसतमा ४० अर्ब रूपैयाँको विद्युतीय कारोबार हुने गरेको छ। गत बैशाखमा क्युआर कोडमार्फत ८६ लाख व्यक्तिले २६ अर्ब रूपैयाँभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको बताए। राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्षका रुपमा सञ्चालन गरिरहेको छ।

माछापुछ्रे बैंकका अध्यक्ष डा उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताए। प्याब्सनका अध्यक्ष डिके ढुंगानाले आर्थिक  कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताए।

सो अवसरमा प्याब्सन अध्यक्ष ढुंगाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाबीच वित्तीय तथा विद्युतीय साक्षरता अभियानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो। रासस


प्रकाशित : सोमबार, असार ४ २०८००८:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend