शुक्रबार, असोज ४ गते २०८१    
images
images

बाढीपहिराका कारण पाँचथरमा २४ घर विस्थापित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ४ २०८०
images
images
बाढीपहिराका कारण पाँचथरमा २४ घर विस्थापित

बाढी र पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको पाँचथर प्रहरीले जनाएको छ। विस्थापित भएकाहरू आफन्त तथा छरछिमेकीको शरणमा बसेका छन‍्।

images
images

पाँचथर- पाँचथरमा बाढीपहिराका कारण हालसम्म २४ घरपरिवार विस्थापित भएका छन्। बाढीपहिराका कारण जिल्लाको फालेलुङ, याङवरक, हिलिहाङ गाउँपालिका तथा फिदिम नगरपालिकाका सो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका हुन्। उनीहरू आफन्त तथा छरछिमेकीको शरणमा बसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। चौबीस परिवार विस्थापित भए पनि सात वटा घर पूर्ण र एउटा घरमा आंशिक क्षति पुगेको छ। 

images
images
images

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हालसम्म याङवरक-२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको घर, फिदिम-४ का रेशम कटवालको घर, हिलिहाङ-७ का आशिष माझीको होटल, फिदिम-४ का सरध्वज आङ्देम्बेको घर र बङ्गुर फार्म, फालेलुङ-३ का मनप्रसाद राईको पूर्णरूपमा क्षति भएको छ। फालेलुङ-२ का टङ्क योङ्या र वीरबहादुर योङ्याको घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। 

बाढीले घर बगाउँदा याङवरक-२ का छनप्रसाद राई, रामचन्द्र बेघा र कृष्ण बेघाको परिवार विस्थापित भएका छन्। फालेलुङ-३ का मनप्रसाद राई, फालेलुङ-२ का वीरबहादुर योङ्या, फिदिम नगरपालिका-४ हेंवाखोलाका रेशम कटवाल, सोही वडाको माझीटारका सरध्वज आङ्देम्बे, हिलिहाङ गाउँपालिका-७ का मनहाङ कन्दङ्वा, चन्द्र जबेगू, कमला घिसिङ तामाङ र भुवानी योक्पाङ्देनको परिवार विस्थापित भएको छ।

घरमा पहिराले क्षति पुर्‍याएपछि फालेलुङ गाउँपालिका-४ का मनबहादुर गुरुङ, पदम गुरुङ, गणेश गुरुङ र टेकबहादुर गुरुङको परिवार पनि विस्थापित भएको छ। घरमा आंशिक क्षति पुगेका फालेलुङ-३ का वीरेन्द्र लिवाङ, राजकुमार लिवाङ, अमृतकुमार लिवाङ र प्रकाश सेलिङको परिवार पनि विस्थापित भएका छन्। उच्च जोखिममा रहेका फालेलुङ-४ का प्रकाश गुरुङ, सिद्धिबहादुर गुरुङ, विष्णु गुरुङ र बेमबहादुर गुरुङको परिवार पनि विस्थापित भएको प्रहरीले जनाएको छ। 

images

बाढी र पहिरोबाट भएको क्षतिको विवरण संकलन भइरहेको पाँचथर प्रहरीले जनाएको छ। पाँचथरमा पहिरामा परी फालेलुङ-४ की आठ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा मृत्यु भएको छ भने उनकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई घाइते छन्। बाढीमा अहिलेसम्म यहाँका पाँच जना हराइरहेका छन्।

बेपत्तामा तल्लो हेंवा जलविद्युत् आयोजनाका सुरक्षा गार्डद्वय हिलिहाङ-७ का ४५ वर्षीय तिलकुमार गुरुङ र फिदिम-११ का हेमराज भनिने २८ वर्षीय सञ्जोग लिम्बू, फिदिम-५ घर भई हेंवा खोलामा गिट्टी कुट्ने ५५ वर्षीय राजकुमार राई, फिदिम नगरपालिका-४ घर भई हिलिहाङ-७ मा बोत्तल हाउस होटल सञ्चालन गर्ने २८ वर्षीय आशिष माझी र उनकी २५ वर्षीया श्रीमती एलिसा माझी छन्। रासस


प्रकाशित : सोमबार, असार ४ २०८००४:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend