शुक्रबार, असोज ४ गते २०८१    
images
images

पेट्रोलियम पदार्थको आयात घट्यो

images
आइतबार, असार ३ २०८०
images
images
पेट्रोलियम पदार्थको आयात घट्यो

पछिल्लो १० महिनाको तथ्यांकअनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रूपैयाँ बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजेल आयात भएको छ। डिजेल आयातबाट कार्यालयलाई चार अर्ब ६२ करोड २९ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।

images
images

जानकी- नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ। भन्सार कार्यालय नेपालगञ्जको तथ्यांकअनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको बैशाखसम्म नेपालगञ्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ। 

images
images
images

पछिल्लो १० महिनाको तथ्यांकअनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रूपैयाँ बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजेल आयात भएको छ। डिजेल आयातबाट कार्यालयलाई चार अर्ब ६२ करोड २९ लाख रूपैयाँ राजस्व प्राप्त भएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए।

गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड तीन लाख रूपैयाँ बराबरको एक लाख ४१ हजार पाँच सय २८ किलोलिटर डिजेल आयात भएको थियो। यसबाट कार्यालयले पाँच अर्ब ५४ करोड २७ लाख रूपैयाँ राजस्व असुल गरेको थियो। बैशाखसम्म तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार मूल्य रूपैयाँ बराबरको ३८ हजार आठ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ। यसबाट दुई अर्ब २२ करोड ५२ लाख रूपैयाँ राजस्व असुली भएको छ। 

गत वर्षको सोही अवधिमा चार अर्ब चार करोड २९ लाख रूपैयाँ बराबरको ४४ हजार नौ सय ७६ किलोलिटर पेट्रोल आयात भएको थियो। उक्त पेट्रोल आयात हुँदा दुई अर्ब ५१ करोड ७९ लाख रूपैयाँ राजस्व असुली भएको छ। त्यस्तै तीन अर्ब ९५ करोड ८२ लाख रूपैयाँ बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष चार अर्ब २६ करोड ८२ लाख रूपैयाँ बराबरको तीन करोड ६९ लाख दुई हजार छ सय ७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए। 

images

अधिकृत शर्माका अनुसार बैशाखसम्म गत वर्षको भन्दा ६३ करोड २४ लाख रूपैयाँ बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब एक अर्ब २७ करोड तीन लाख रूपैयाँ राजस्व संकलन भएको छ। एलपी ग्यास आयातबाट गत वर्ष ७९ करोड ६१ लाख रूपैयाँ राजस्व असुली हुँदा चालु आर्थिक वर्षमा ७३ करोड ८३ लाख २६ हजार रूपैयाँ मात्र राजस्व असुली भएको छ।

कार्यालयले गत आर्थिक वर्षको भन्दा ७१ करोड ५५ लाख रूपैयाँ कम राजस्व संकलन भएको जनाएको छ। गत आर्थिक वर्षको बैशाखसम्म दुई अर्ब ८४ करोड ४५ लाख रूपैयाँ बराबरको पाँच करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो।

यसबाट कार्यालयलाई एक अर्ब ६१ करोड चार लाख रूपैयाँ राजस्व असुली भएको थियो। चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब ५७ करोड ६६ लाख रूपैयाँ बराबरको दुई करोड ६२ लाख ९४ हजार ९८७ किलोग्राम चिनी आयात गरेको थियो। यसबाट कार्यालयलाई रु ८९ करोड ४९ लाख ५९ हजार राजस्व प्राप्त भएको छ।

गत आर्थिक वर्षको बैशाखसम्म आठ अर्ब ३७ करोड ७१ लाख रूपैयाँको १४ करोड ७५ लाख चार हजार ७६० किलोग्राम चामल आयात भएको थियो। रासस


प्रकाशित : आइतबार, असार ३ २०८०११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend