आइतबार, वैशाख ३० गते २०८१    
images
images

मादी नदी नियन्त्रण : पहिलो र दोस्रो चरणको निर्माण सुरू

images
images
images
मादी नदी नियन्त्रण : पहिलो र दोस्रो चरणको निर्माण सुरू

प्याकेज-२ अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दुरीमा ग्याबिन वालसहितको बाँध निर्माण कार्य अन्तिम चरणमा पुगको छ।

images
images

तनहुँ- गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज (चरण) को निर्माण सुरु भएको छ। 

images
images
images

पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ। अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ।

images

प्याकेज-२ अन्तर्गत तल्लो भतेरी खण्डमा काम भइरहेको कार्यालयका प्राविधिक एवम् सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए। उनका अनुसार नदी कटानले गर्दा यस क्षेत्रका केही बस्ती जोखिममा परेका थिए। उक्त नदी आसपासमा रहेका बस्तीको जोखिम न्यूनीकरण गर्न तटबन्धन निर्माणले राहत पुग्ने अपेक्षा गरिएको छ।

images

अहिलेसम्म नदी नियन्त्रणका लागि तटबन्धन निर्माण ३० प्रतिशत सम्पन्न भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले बताए। आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने गरी सिद्धान्त अमनले कम्पनीले आठ करोड ६३ लाख रूपैयाँमा प्याकेज-१ र नौ करोड ३५ लाख रूपैयाँमा प्याकेज-२ निर्माणको ठेक्का लिएको उनले जानकारी दिए। उनका अनुसार संघ विशेष अनुदान कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट बजेट विनियोजन गरेको थियो।

images
images

प्याकेज-२ अन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब चार सय मिटर दुरीमा ग्याबिन वालसहितको बाँध निर्माण कार्य अन्तिम चरणमा पुगको छ। त्यस्तै, गत वर्ष मादी नदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादी नदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ। समुन्द्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल लगाइएको हो। रासस

images

प्रकाशित : शनिबार, असार २ २०८०१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend