शुक्रबार, असोज ४ गते २०८१    
images
images

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोड बजेट, चालु आवको भन्दा ८ अर्ब कम

images
शुक्रबार, असार १ २०८०
images
images
बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोड बजेट, चालु आवको भन्दा ८ अर्ब कम

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आवको भन्दा ८ अर्ब रुपैयाँ कमको बजेट ल्याएको छ। प्रदेशले २०८०/०८१ का लागि ६२ अर्ब ७० कबागमती प्रदेशले २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आवको भन्दा ८ अर्ब रुपैयाँ कमको बजेट ल्याएको छ।

images
images
images

बागमती प्रदेशले २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशसभाको बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ छ।

कुल बजेटको चालुतर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव ६२ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको हो।

images

स्रोततर्फ कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणमार्फत १७ अर्ब ८१ करोड २३ लाख, प्रदेश सञ्चित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने बजेटमा उल्लखे छ।

प्रदेशले चालु आवको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 


प्रकाशित : शुक्रबार, असार १ २०८०१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend