शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

जेठमा घर जग्गाको कारोबार उत्साहजनक, वर्षकै धेरै किनबेच

images
शुक्रबार, असार १ २०८०
images
images
जेठमा घर जग्गाको कारोबार उत्साहजनक, वर्षकै धेरै किनबेच

जेठमा ४ हजार ७१९ वटा घरजग्गा नामसारी, ७ हजार ५१८ वटा संशोधन, ४० हजार ५४९ वटा रोक्का र ३० हजार ८०९ वटा फुकुवा गरेका छन्। 

images
images

काठमाडौं- बैशाखमा घटेको घरजग्गा कारोबार जेठमा बढेको छ। कित्ताकाट खुकुलो हुनुका साथै आगामी मौद्रिक नीतिमार्फत कारोबारमा केही सहज हुने अनुमानसहित घरजग्गा कारोबारमा उत्साह देखिएको छ। बैंकको निक्षेप बढेसँगै ऋण प्रवाह पनि बढेको छ। सोही कारण पनि घरजग्गा कारोबार बढेको छ। 

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको थियो। बैशाखमा ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो। बैशाखमा जेठमा भन्दा १२ हजार ६०८ लिखितम बढी पास भएको छ। देशभरका मालपोत कार्यालयहरुबाट जेठमा ५५ हजार ६९ लिखत पारित भएको छ।

images
images

विभागका अनुसार जेठमा ४ हजार ७१९ वटा घरजग्गा नामसारी, ७ हजार ५१८ वटा संशोधन, ४० हजार ५४९ वटा रोक्का र ३० हजार ८०९ वटा फुकुवा गरेका छन्। 

images
images
images

३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन जेठमा कारोबार बढेपनि राजस्व संकलन भने कम भएको छ। गत बैशाखमा ४२ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

असोजमा सरकारले २ अर्ब ५६ करोड, कात्तिकमा ३ अर्ब, मंसिरमा २ अर्ब ६४ करोड, पुसमा ३ अर्ब ७१ करोड, माघमा ४ अर्ब ६९ करोड रुपैयाँ भएको थियो। फागुनमा भने केही घटेर ३ अर्ब ५६ करोड उठेको राजस्व चैतमा एकैपटक साढे ४ अर्ब रुपैयाँ नाघेको थियो।


प्रकाशित : शुक्रबार, असार १ २०८००८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend