शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

भदौ मसान्तसम्म सडक खन्न रोक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १ २०८०
images
images
भदौ मसान्तसम्म सडक खन्न रोक

वर्षातका समयमा बाटो तथा ढल खन्दा हिलो भई सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न तथा सवारी आवागमनमा पनि समस्या उत्पन्न हुने गरेको छ।

images
images

काठमाडौं- संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक लगाइएको जनाएको छ।

images
images
images

सूचनामा भनिएको छ, 'सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतका सडक डिभिजन कार्यालय मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ।'

images
images

वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ। सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउनेक्रम चलिरहेको गुनासो बढ्ने गरेको पाइएको छ।

images
images
images

त्यसैगरी वर्षातका समयमा बाटो तथा ढल खन्दा हिलो भई सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न तथा सवारी आवागमनमा पनि समस्या उत्पन्न हुने गरेको छ। साथै यसरी खनिएका सडक या ढलमा सवारीसाधन फसेर दुर्घटना पनि हुने गरेका आमनागरिकका गुनासा आउने गरेका पनि पाइएको छ। 


प्रकाशित : शुक्रबार, असार १ २०८००८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend