आइतबार, असार १ गते २०८२    
आइतबार, असार १ २०८२
images
images

राहदानीको शुल्क घट्यो, कहाँबाट लिँदा कति?

अब सबै ठाउँबाट ६६ पेजको राहदानी

images
शुक्रबार, असार १ २०८०
images
images
राहदानीको शुल्क घट्यो, कहाँबाट लिँदा कति?

सरकारले राहदानीको शुल्क घटाएको छ। राजपत्रमा सुचना प्रकाशन गर्दै राहदानीको मुल्य घटाइएको हो। राहदानी विभागले ३४ र ६६ पृष्टको राहदानी वितरण गर्दै गरे आएपनि अब ६६ पेजको राहदानी वितरण गर्ने भएको छ।

images
images

काठमाडौं- सरकारले राहदानीको शुल्क घटाएको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै राहदानीको मूल्य घटाइएको हो। राहदानी विभागले ३४ र ६६ पृष्टको राहदानी वितरण गर्दै आएपनि अब ६६ पेजको राहदानी वितरण गर्ने भएको छ।

images
images
images

जिल्ला प्रशासन कार्यालबाट ३४ पृष्टको ५ हजार र ६६ पृष्टको १० हजार रुपैयाँ शुल्क रहेको थियो। यसलाई संशोधन गरेर विभागले अब जिल्ला प्रशासन कार्यालयबाट साधारण पासपोर्ट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। पासपोर्ट ६६ पेजको हुने छ।

images
images

यसैगरी राहदानी विभागबाट ३४ पृष्टको हकमा १२ हजार र ६६ पृष्टको हकमा २० हजार रहेको थियो। अब विभागबाट राहदानी लिँदा १२ हजार रुपैयाँ मात्रै लिने छ। पाना हराएको हकमा माथि उल्खेत रकममा थप पाँच हजार रुपैयाँ लाग्ने राजपत्रमा उल्लखे छ।

images
images
images

उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरू, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, दक्षिण कोरिया र हङकङस्थित नेपाली नियोगमा निवेदन दिँदा राहदानी  ३४ पेजको हकमा १ सय ५० डलर र ६६ पेजको हकमा २ सय डलरबाट अब १ सय ५० अमेरिकफ डलर तोकिएको छ।

रुसी महासंघ र र नेपाली राजदूताबास मस्कोको सहप्रमाणीकृत मुलुक र साइप्रसको लागि नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको ८० युरो र ६६ पेजको हकमा १३० युरोमा सट्टामा अब ६६ पेजको मात्रै हुने र त्यसका लागि ८० युरो लाग्ने छ।

अन्यका हकमा कति शुल्क?

passport.jpg

passport a.jpg


प्रकाशित : शुक्रबार, असार १ २०८००६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend