शुक्रबार, असोज ४ गते २०८१    
images
images

हवाई टिकटमा भ्याटले यात्रा महँगो हुन्छ, पर्यटन उद्योगमै नकारात्मक असर पर्छ : आयटा 

भ्याट नलगाउन आयटाको नेपाल सरकारलाई आग्रह 

images
शुक्रबार, असार १ २०८०
images
images
हवाई टिकटमा भ्याटले यात्रा महँगो हुन्छ, पर्यटन उद्योगमै नकारात्मक असर पर्छ : आयटा 

नेपालबाट टिकट काट्ने टिकटमा मात्र कर लाग्ने तर बाहिरबाट काटिने टिकटमा भ्याट लगाउन असम्भव देखिन्छ यो कारणले गर्दा नेपालका ट्राभल एजेन्सीहरू प्रभावित हुने र उनीहरूको व्यापार प्रभावित हुने आयटाले बताएको छ। 

images
images

काठमाडौं- इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा) ले हवाई टिकटमा मूल्यवृद्धि कर लगाउने निर्णय फिर्ता लिन नेपाल सरकारसँग आग्रह गरेको छ। 

images
images
images

आयटाले अर्थ र पर्यटन मन्त्रायलाई सम्बोधन गर्दै गरेको पत्राचारमा भ्याट  नलागउन आग्रह गरेको हो। सरकारले हवाई यात्रामा भ्याट लगाउने व्यवस्था प्रस्ताव गरेको छ। यो निर्णय लागू गर्का लागि आन्तरिक राजस्व विभागले तयारी गरिरहेको छ। 

एयरलाइन्स कम्पनीहरूको विश्वव्यापी प्रतिनिधिमूलक संस्था आयटाले नेपाल सकरारको यो निर्णयबाट नेपालकै अर्थतन्त्रलाई नोक्सान हुने भन्दै ध्यानाकर्षण गराएको छ। 

रोजगारी सिर्जना तथा विदेशी मुद्रा आर्जनको आकर्षक स्रोत पर्यटनमै प्रत्यक्ष असर पार्ने भएकाले भ्याट नलगाउन आयटाले सरकारसमक्ष आग्रह गरेको छ। 

images

कोरोना महामारीबाट तंग्रिँदै गरेको पर्यटनलाई यसले प्रत्यक्ष असर गर्ने आयटाको तर्क छ। भ्याट लगाउँदा अन्तर्राष्ट्रिय यात्रामा नेपाल आउने वा यहाँबाट जाने यात्रुलाई थप भार पर्ने र यसले यात्रा महंगो बनाउने आयटाको भनाइ छ। 

एकातिर यसले समग्र यात्रालाई नै प्रभावित बनाएर पर्यटन प्रभावित हुने र अर्कोतिर नेपालको पर्यटन उद्योग प्रभावित हुने भन्दै आयटाले सचेत गराएको छ। 

नेपालबाट टिकट काट्ने टिकटमा मात्र कर लाग्ने तर बाहिरबाट काटिने टिकटमा भ्याट लगाउन असम्भव देखिन्छ यो कारणले गर्दा नेपालका ट्राभल एजेन्सीहरू प्रभावित हुने र उनीहरूको व्यापार प्रभावित हुने आयटाले बताएको छ। 

‘यसले विभेदकारी वातावरण सिर्जना गर्ने निश्चित छ। कम्तिमा १३ हजार २२३ जनालाई रोजगारी दिएको यो उद्योग एकैपटक धरासायी हुने देखिन्छ। अर्कोतिर नेपालमा हुने विजनेस पनि विदेशमा जाने देखिन्छ’ आयटाले उल्लेख गरेको छ। 



प्रकाशित : शुक्रबार, असार १ २०८००५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend