शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

विपद् प्रतिकार्य योजना लागु, विपद् कोषमा ६ अर्ब मौज्दात

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १ २०८०
images
images
विपद् प्रतिकार्य योजना लागु, विपद् कोषमा ६ अर्ब मौज्दात

यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागु गरिएको छ।

images
images

काठमाडौं- नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब रूपैयाँ रहेको छ। उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ।

images
images
images

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानूनी व्यवस्था छ। कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

images
images

यस्तै विपद् व्यवस्थापन कोषमा एक अर्ब ८१ करोड ८९ लाख ९० हजार छ। प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ।

images
images
images

यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागु गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, असार १ २०८००४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend