शुक्रबार, असोज ४ गते २०८१    
images
images

गण्डकीका मुख्यमन्त्रीले भने - पाँच लाखभन्दा कमका योजना संघमै फिर्ता पठाउँछौँ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ३२ २०८०
images
images
गण्डकीका मुख्यमन्त्रीले भने - पाँच लाखभन्दा कमका योजना संघमै फिर्ता पठाउँछौँ 

प्रदेश र स्थानीय सरकारले वैदेशिक ऋण लिन नपाउने, ऋण उठाउन पनि १२ प्रतिशतको सिमा तोकिदिने, विनियोजित बजेट पनि अन्तिममा आएर काटिदिने जस्ता संघ सरकारको क्रियाकलापले वित्तीय संघीयता बलियो नभएको मुख्यमन्त्री पाण्डेको बुझाइ छ।

images
images

पोखरा- गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले बजेटमार्फत साना योजना बिनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अग्रीम जानकारी गराउँदा पनि संघ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै पाँच लाख रूपैयाँमुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारे।

images
images
images

आज नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री पाण्डेले पाँच लाखभन्दा मुनीका योजना एकसय भन्दा बढी रहेको भन्दै प्रभावहीन कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य नहुने बताए।

'प्रदेश र स्थानीय तहलाई बलियो बनाउने पनि भन्ने तर ठूला योजना संघमै राख्नु राम्रो होइन', उनले भने, 'कम बजेटका योजना कि स्थानीय तहमा पठाइदिनुपछि होइन भने संघमै राख्नुपर्छ।'

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको अन्तिम तयारीमा रहेको भन्दै उनले सडक पूर्वाधारमा ३० लाखभन्दा कम बजेटका योजना  खानेपानी तथा सिंचाईको हकमा १० लाखभन्दा कम बजेटका योजना नल्याउने स्पष्ट पारे।

images

'करोडौँका योजनामा पाँच लाख मात्रै छुट्याएर अलपत्र पार्ने काम गण्डकी सरकारले गर्दैन, बजेट खर्च गरिसकेपछि सम्पन्न हुनुपर्छ र त्यसको तत्काल जनताले उपयोग गर्न पाउनुपर्छ', उनले भने।

प्रदेश र स्थानीय सरकारले वैदेशिक ऋण लिन नपाउने, ऋण उठाउन पनि १२ प्रतिशतको सिमा तोकिदिने, विनियोजित बजेट पनि अन्तिममा आएर काटिदिने जस्ता संघ सरकारको क्रियाकलापले वित्तीय संघीयता बलियो नभएको मुख्यमन्त्री पाण्डेको बुझाइ छ।

गण्डकी प्रदेशका २७ वटा नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरको उपस्थिति रहेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नगर विकास कोषलाई चाँडो पुर्नसंरचना गर्दै स्थानीय सरकारको वैकल्पिक आर्थिक स्रोतको सुनिश्चितता गर्न संघ सरकारले ढिलाइ गर्न नहुने बताए।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले मुलुकभरका ९० नगरपालिकामा दीगो आयमूलक पूर्वाधार र एक सय १० भन्दा धेरै स्थानमा खानेपानीका योजनामा १५ अर्ब बराबरको लगानी गरिरहेको जानकारी दिए। उनले स्थानीय सरकारलाई ऋण र अनुदानको समिश्रणबाट वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा प्राविधिक एवं आर्थिक सहजीकरण गरिरहेको बताए।

नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुङ्गानाले कोषको पुर्नसंरचनाका लागि रणनीतिक पत्र स्वीकृत भएर कानून बन्ने अन्तिम तयारीमा रहिरहँदा कोष ‘अटोनोमस’ हुनेमा आशङ्का रहेको भनाइ राखे।

कार्यक्रममा नगर विकास कोषका सदस्य हिक्मतजङ्ग कार्की, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, पूर्वसचिव कृष्णहरि बास्कोटा, कोषका पूर्वकार्यकारी निर्देशक सुशिल ज्ञवालीलगायतले ऋण र अनुदान लिने अन्य विकल्प नभएका पालिकाले कोषमार्फत् लगानी भित्र्याएर जनअपेक्षा अनुरुप विकासको गति बढाउन सुझाव दिए। रासस


प्रकाशित : बिहीबार , जेठ ३२ २०८०१३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend