शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै हो, निजी क्षेत्रलाई विश्वास नगर्नु दु:खद् : अध्यक्ष अग्रवाल

images
बिहीबार , जेठ ३२ २०८०
images
images
नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै हो, निजी क्षेत्रलाई विश्वास नगर्नु दु:खद् : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्र अप्ठ्यरो अवस्थामा भए पनि यसबाट बाहिर आउने आधार पनि ऊर्जा नै रहेको उनको भनाइ छ।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनई) का अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै भएको बताएका छन् ।

images
images
images

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २१औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले नेपालको समृद्धिको आधार ऊर्जा नै भएको बताएका हुन्। ‘भारतमा १० हजार मेगावाट र बंगलादेशले ५० मेगावाट विद्युत लिने समझदारी ऐतिहासिक छ’, अग्रवालले भने, ‘तर नेपालमा निजी क्षेत्रलाई काम गर्न निकै अप्ठेरो छ।’

images
images

नेपालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि यसबाट बाहिर आउने आधार पनि ऊर्जा नै रहेको उनको भनाइ छ। ‘अहिले नेपालको सबै ध्यान ऊर्जामा केन्द्रित गर्नुपर्छ। चारतिर हात हालेर हुँदैन। नेपाललाई समृद्ध बनाउने र अहिलेको अप्ठ्यारोबाट बाहिर निकाल्ने क्षेत्र ऊर्जा नै हो’, उनले भने।

images
images
images

१० हजार मेगावाटका आयोजनाको पीपीए हुन बाँकी रहेको र अहिले पीपीए गर्दा ५/७ वर्षअघि निर्माण सम्पन्न नहुने हुँदा तुरुन्त पीपीए खोल्नुपर्नेमा पनि उनले जोड दिए। कुल जडित क्षमताको ५० प्रतिशतभन्दा बढी ऊर्जा उत्पादनमा संग्लग्न निजी क्षेत्रलाई सरकारले अहिले पनि विश्वास गर्न नसकेकोमा उनले दु:ख व्यक्त गरे।


प्रकाशित : बिहीबार , जेठ ३२ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend