शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

पालुङटारमा जग्गाको कित्ताकाट खुला

images
बिहीबार , जेठ ३२ २०८०
images
images
पालुङटारमा जग्गाको कित्ताकाट खुला

नगर क्षेत्रभित्रका जग्गालाई नौ भागमा वर्गीकरण गरिएको छ।

images
images

गोरखा- गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेको छ।

images
images
images

नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधानअनुसार नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको वर्गीकरण  गरी कित्ताकाट खुल्ला गरेको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए।

images
images

नगर क्षेत्रभित्रका जग्गालाई नौ भागमा वर्गीकरण गरिएको उनले बताए। 'कृषि, व्यावसायिक, सांस्कृतिक तथा पुरातात्विक, वनक्षेत्र, नदी खोला, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासीयसहित नौ भागमा जग्गा वर्गीकरण गरिएको छ, नगरप्रमुख चिन्तनले भने, 'वर्गीकरणको सबै काम सम्पन्न भएकाले जग्गा कित्ताकाट पनि खुल्ला गरिएको हो।'

images
images
images

नगरपालिकाले नापी विभागले उपलब्ध गराएको नापी नक्सामा कतिपय कित्ता नम्बर नबुझिने भएकाले त्यसलाई पनि हालको मापदण्डअनुसार नै भूउपयोग क्षेत्रमा वर्गीकरण गरिएको उनले जानकारी दिए। त्यस्ता कित्ताको हकमा कुनै पनि जग्गा धनीले स-प्रमाण पेस गरेमा सम्बन्धित वडाले अद्यावधिक गरी सिफारिस दिनुपर्ने र सोही समयमा त्यस्ता कित्ताको परिमार्जन तथा अद्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको थियो।

कित्ता, नापी नक्सा तथा फाइल नक्सा अध्यावधिक नभएका स्थानमा हालको वर्गीकरणअनुसार जुन कित्ता भिडान हुन्छ त्यहीँ अनुसार कित्ता अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको छ। अहिले वर्गीकरण गरिएका कुनै पनि कित्ता मालपोतमा सिफारिस गर्नुअघि नै अन्य वर्गमा पर्ने पर्याप्त आधार पेस भएमा सोही अनुसारको सिफारिस गरी अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको छ।

नगरप्रमुख चिन्तनले नगरक्षेत्रभित्रका जग्गाको वर्गीकरण गरी स्थानीय भूउपयोग परिषद्को बैठकबाट स्वीकृतसमेत भइसकेको जानकारी दिए। स्वीकृत भू-उपयोग क्षेत्रको वर्गीकरण नापी कार्यालय र मालपोत कार्यालयमा पेस गरिसकिएकाले नगरक्षेत्रभित्रका जग्गा कित्ताकाट खुल्ला गरिएको उनको भनाइ थियो।

सबै प्रक्रिया पूरा भएपछि भूउपयोग क्षेत्र वर्गीकरण गरी नगरपालिकाले जग्गाधनी दर्ता प्रमाणपुर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको व्यहोरा अद्यावधिक गर्न सार्वजनिक सूचनासमेत जारी गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिए।

'नगरपालिकाको स्वीकृत भूउपयोग क्षेत्र वर्गीकरणको तथ्यांक संघीय भूउपयोग परिषद्, प्रदेश भूउपयोग परिषद्, नापी विभाग, नापी कार्यालय र मालपोत कार्यालयमा पठाउने निर्णय बमोजिम सबैलाई पठाइ सकिएको छ, उनले भने, 'सबै काम सम्पन्न गरेर कित्ताकाट गर्न पाउने गरी नगरपालिकाले सूचना पनि प्रकाशन गरिसकेको छ।' रासस


प्रकाशित : बिहीबार , जेठ ३२ २०८००८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend