शुक्रबार, असोज ४ गते २०८१    
images
images

नवलपुरमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा

images
बिहीबार , जेठ ३२ २०८०
images
images
नवलपुरमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा

मिराया गल्फ खेल्न रुचि भएकाहरुका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ।

images
images

काठमाडौं- सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ। शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूका लागि आकर्षक गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ।

images
images
images

शान्त, आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको विश्वास छ। सीजी इन्डस्ट्रियल पार्क भित्र सून्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन्। शाश्वतधामका दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुनेछ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले मिराया रिसोर्टमा पुग्ने अतिथि तथा पाहुनाहरुले भरपुर मनोरञ्जन एवं फरक अनुभुति प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे।

Miraaya 4.jpeg

रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन्। साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलजस्ता खास सुविधाहरु उपलब्ध रहेको उनले जानकारी दिए। उनका अनुसार मिरायामा देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ, जसका कारण गल्फ खेल्न रुचि भएका मानिसहरुका लागि पनि यो रिसोर्ट उत्कृष्ट गन्तव्य बन्ने छ।

images

रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ। वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९औँ होलजस्ता विकल्प पनि रिसोर्टमा उपलब्ध रहेको सीईओ चौधरीले जानकारी दिए।

Miraaya 3.jpeg

मिरायामा पुग्न यात्राका धेरै विकल्प छन्। यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा पुग्न सकिने सिजी हस्पिटालिटीले जनाएको छ। साथै, निजी हेलिकप्टरबाट २०/२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ।
 
रिसोर्टमा विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि तथा विभिन्न कार्यक्रमहरू पनि गर्न सकिन्छ।  


प्रकाशित : बिहीबार , जेठ ३२ २०८००८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend