काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सस्तिएको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले सस्तिएको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ५ रूपैयाँ तोकिएको छ।