आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

साधारण विद्युतीय ट्याक्सीको कमजोर मापदण्ड प्रस्ताव, नचलेर फर्किएका चिनियाँ 'डब्बा' पनि आउन सक्छन्

प्राविधिक रुपमा किन कमजोर राखियो ईभी ट्याक्सीको स्पेक?

images
images
images
साधारण विद्युतीय ट्याक्सीको कमजोर मापदण्ड प्रस्ताव, नचलेर फर्किएका चिनियाँ 'डब्बा' पनि आउन सक्छन्

विद्युतीय कारका लागि रिजेनेरेटिभ सिस्टम लगभग सामान्य नै भइसकेको छ। तर विभागले बनाएको मापदण्डमा विद्युतीय ट्याक्सीका लागि रिजेनेरेटिभ सिस्टम उल्लेख गरिएको छैन। यो विशेषता अहिलेको विद्युतीय कारमा न्यूनतम सुरक्षा विशेषताका रुपमा स्थापित भइसकेको छ। 

images
images

काठमाडौं- यातायात व्यवस्था विभागले पुनः ट्याक्सीको मापदण्डको मस्यौदा तयार गरेको छ। २०७६ मा बनाएको मापदण्ड कार्यान्वयन नभएपछि विभागले फेरि अर्को मापदण्डको तयारी गरेको हो। 

images
images
images

विभागले गएको साता ट्याक्सीका रुपमा सञ्चालन हुने सवारीसाधनसम्बन्धी मापदण्डको मस्यौदा तयार गरेर सार्वजनिक सुझावको माग गर्दै सार्वजनिक गरेको छ। उक्त मापदण्डमा विद्युतीय ट्याक्सीका लागि राखिएको न्यूनतम क्षमता निकै कमजोर छन्। 

images

प्रदेश सरकारले संघीय सरकार र आफ्नै नीतिअनुरुप सार्वजनिक यातायातमा विद्युतीकरणको सुरुवातस्वरुप अनिवार्य विद्युतीय ट्याक्सीको मापदण्ड बनाएर कार्यान्यनमा ल्याएको छ। तर यातायात व्यवस्था विभागले भने पेट्रोलियम र विद्युतीय दुवै ट्याक्सी सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागेको छ। 

images

विभागले तयार गरेको मस्यौदामा विद्युतीय ट्याक्सीका लागि निकै सामान्य व्यवस्था प्रस्ताव गरिएको छ। ट्याक्सी सार्वजनिक यातायातको साधन भएकाले यो केही हदसम्म शक्तिशाली हुनुपर्छ भनेर नै मापदण्ड तय हुँदै आएको छ। तर विभागले गरेको प्रस्तावमा विद्युतीय ट्याक्सीको मुख्य आधार विद्युतीय कारमा भएको ब्याट्री र कुल तौल (जीभीडब्लू)को अनुपातलाई मानिएको छ। यो भनेको अब असाध्यै साधारण र कमसल विद्युतीय कार पनि आउन सक्छन्। 

images
images

पाँच सिट क्षमताको सार्वजनिक यातायातमा प्रयोग हुने सानो सवारीलाई ट्याक्सीका रुपमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको छ। ट्याक्सीको रुपमा प्रयोग हुने सवारीसाधनमा एन्टिलक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (एबीएस र ईबीडी) अनिवार्य हुनुपर्ने भनिएको छ। यो अहिले उत्पादन हुने सवारीमा अनिर्वाय हुन्छ नै। 

यस्तो सवारीसाधनमा ड्राइभर र यात्रु सिटमा गरी कम्तिमा दुई वटा एयरब्याग, हाइ स्पीड अलर्ट, रियर डोर चाइल्ड लक, सबै सिटमा सिट बेल्ट, सेन्ट्रल लकिङ सिस्टम, ड्राइभर र को-ड्राइभर सिट बेल्ट रिमाइन्डर, रेयर पार्किङ सेन्सर र रेयर भ्यू क्यामेरा अनिवार्य हुनुपर्ने प्रस्तावमा छ।

विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तरलगायतका आधारमा ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन वर्गमा वर्गीकरण गरेको छ।

सबैभन्दा धेरै प्रयोगमा आउने र धेरै चालकको रोजाइँमा पर्ने भनेको साधारण ट्याक्सी नै हो। डिलक्स र लक्जरी ट्याक्सीको क्षमता धेरै राखिएको छ, जुन कम प्रयोग हुन्छ। त्यसैले यो दुई सेगमेन्टको ट्याक्सीमा विभागले तोकेभन्दा धेरै र अत्याधुनिक विशेषता हुन्छन्। 

तर साधारण ट्याक्सीका लागि विभागले न्यून मापदण्ड तोकेको छ। पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीका लागि पनि न्यूनतम जम्मा ८ सय सीसी इन्जिन क्षमतामात्र तोकिएको छ। यो २०५० साल वरिपरी तय गरिएको मापदण्ड हो जसमा विभाग आज पनि अल्झिएरै बसेको छ। 

सबैभन्दा कमजोर स्पेसिफिकेसन साधारण वर्गको विद्युतीय ट्याक्सीका लागि तय गरिएको छ। साधारण विद्युतीय ट्याक्सीका लागि ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात ०.०१२ हुनुपर्ने भनिएको छ। 

त्यस्तै साधारण ट्याक्सी हुन कारको अधिकतम इन्जिन वा मोटरशक्ति ३० किलोवाट वा सोभन्दा माथि, अधिकतम टर्क ६० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विलबेस २३ सय एमएम वा सोभन्दा माथि र बुट स्पेस १ सय ६० लिटर वा सोभन्दा माथि हुनुपर्नेछ। 

साधारण विद्युतीय ट्याक्सीका कमजोरी

सहरी क्षेत्रमै चल्ने भएपनि बाटोको अवस्था खराब हुने अवस्थामा ट्याक्सीको न्यूनतम ग्राउन्ड क्लियरेन्स तोकिएको छैन। 

विश्व बजारमा सोडियम आयन ब्याट्रीयुक्त कार आइसकेको छ। तर विभागले लिथियम आयन ब्याट्री भएको कार हुनुपर्ने भनेको छ। लिथियम आयन ब्याट्रीमात्र भन्नुभन्दा पनि ब्याट्रीको इनर्जी डेन्सिटी डब्लूएच/केजी उपयुक्त हुनेछ। 

त्यस्तै मापदण्डले बिर्सिएको अर्को पक्ष हो ब्याट्रीको वारेन्टी। यसबारे मौन बस्दा बिक्री भएका विद्युतीय ट्याक्सीमा एक/दुई वर्षमै समस्या आए त्यसको जिम्मेवार को हुने? 

विद्युतीय कारका लागि रिजेनेरेटिभ सिस्टम लगभग सामान्य नै भइसकेको छ। तर विभागले बनाएको मापदण्डमा विद्युतीय ट्याक्सीका लागि रिजेनेरेटिभ सिस्टम उल्लेख गरिएको छैन। यो विशेषता अहिलेको विद्युतीय कारमा न्यूनतम सुरक्षा विशेषताका रुपमा स्थापित भइसकेको छ। 

समान क्षमताका लिथियम आयन र सोडियम आयन ब्याट्रीको तुलना गर्दा सोडियम आयन ब्याट्री लागतका हिसाबले कम मूल्यमा उपलब्ध छ। त्यस्तै सोडियम आयन ब्याट्रीको पर्फमेन्स र लाइफ साइकलसमेत धेरै छ। तर विभागले लिथियम आयान ब्याट्री नै हुनुपर्ने भनेको छ। 

विभागले तय गरेको साधारण विद्युतीय ट्याक्सीको मापदण्ड हेर्दा विगतमा नेपाली बजारमा आएर निजी कारमा चल्न नसकेर फिर्ता भएका चिनियाँ विद्युतीय ‘डब्बा’ कार समेत ट्याक्सीमा आउन सक्नेछन्। उदाहरणको लागि चीनबाट आएका 'ए' नामक डब्बा कारमा १० किलोवाट आवरको ब्याट्री छ र कारको कुल तौल ८ सय ३३ किलो छ भने विभागले भनेको ०.०१२ रेसियो यही कार पनि हुन्छ। 

यसका अन्य मापदण्डहरु ३० किलोवाटको मोटर, ६० एनएम टर्क, १ सय ६० लिटरको बुटस्पेस र २३ सय एमएमको बुटस्पेस चीनबाट आएका त्यस्ता सबै डब्बा कारमा सजिलै पाउन सकिन्छ। यस्ता कारमा धेरै जटिलता भएर नै सिटी कारका रुपमा निजी प्रयोजनमा समेत चल्न नसकेर बन्द भएका छन्। यसबारे विभागले गम्भीर ध्यान दिनु पर्छ। 

विद्युतीय ट्याक्सीका मायदण्ड कमजोर बनाएर यसको उपयोज नै जटिल छ भन्नेतर्फ विभागले बनाएको मापदण्डको मस्यौदा उद्धत छ।

यातायात व्यस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेल भने यो मस्यौदा भएको र यसलाई परिमार्जन गर्न सकिने बताउँछन्। ‘यो मस्यौदा विभागले तयार गरेर सार्वजनिक सुझावका लागि आह्वान गरेको छ। यसलाई प्राप्त सुझावका आधारमा उपयुक्त देखिए संशोधन गर्न सकिन्छ,’ उनले भने, ‘यसबारे विभाग लचक छ।’ 

डिलक्स र लक्जरी ट्याक्सीको विशेषता 

डिलक्स ट्याक्सीको रुपमा सञ्चालन हुने कारमा १२ सय सीसी वा सोभन्दा बढी क्षमताको इन्जिन जडान भएको हुनुपर्ने प्रस्तावमा उल्लेख छ। यो विद्युतीय सवारी साधन भएमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने छ। 

विशेष ट्याक्सी हुने गाडीमा अधिकतम इन्जिन वा मोटरशक्ति ५० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विलबेस २,४०० मिलिमिटर वा सोभन्दा माथि र बुटस्पेस २०० लिटर वा सोभन्दा माथि हुनु पर्नेछ।

त्यस्तै लक्जरी  ट्याक्सी हुन चाहेको कारको इन्जिन क्षमता २ हजार सीसी वा सोभन्दा माथि हुनुपर्ने प्रस्ताव गरिएको छ। कुनै विद्युतीय कार लक्जरी ट्याक्सीका रुपमा सञ्चालन गर्ने चाहेमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्नेछ। 

लक्जरी ट्याक्सीमा अधिकतम इन्जिन वा मोटरशक्ति १ सय किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क १७० न्यूटन मिटर वा सोभन्दा माथि, ह्विलबेस २७ सय मिलिमिटर वा सोभन्दा माथि र बुटस्पेस ४ सय लिटर वा सोभन्दा माथि हुनुपर्नेछ।

साधारण, डिलक्स र लक्जरी ट्याक्सी छुट्याउन विभागले हरेक सवारीमा वर्ग खुल्ने संकेत चिन्ह भएको स्टिकर टाँस्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ। यो अंग्रेजी अक्षरमा हुनेछ। अंग्रेजी अक्षर ‘ओ’ ले अर्डिनरी वा साधारण, ‘डी’ ले डिलक्स वा विशेष र ‘एल’ ले लक्जरी वा विशिष्ट भन्ने बुझाउनेछ। 

विभागले तयार पारेको मापदण्डको मस्यौदाअनुसार साधारण वर्गको ट्याक्सी भाडादर सरकारले तोकेको भाडादर बराबर हुनेछ। विशेग वर्गका ट्याक्सीको भाडा दर साधारण वर्गको ट्याक्सीको भन्दा २० प्रतिशत बढी र विशिष्ट वर्गको ट्याक्सीको भाडा दर भने साधारण ट्याक्सीको भन्दा १०० प्रतिशत बढी हुने प्रस्ताव गरिएको छ।

उक्त मस्यौदा सार्वजनिक गर्दै विभागले सरोकारवाला, नागरिक समाज लगायतबाट सल्लाह, सुझाव तथा राय(परामर्श मागेको छ। आगामी असार ४ गतेभित्र विभागले प्राप्त गरेको सल्लाह, सुझाव र राय/परामर्शलाई समेत ध्यानमा राख्दै मापदण्डको मस्यौदालाई अन्तिम रूप दिइने विभागले जनाएको छ। 

images

प्रकाशित : बिहीबार , जेठ ३२ २०८०१२:३३

प्रतिक्रिया दिनुहोस