आइतबार, मंसिर ९ गते २०८१    
images
images

टेस्ला साइबरट्रक : अगस्ट अन्त्यमा बजारमा आउने, वार्षिक ३ लाख ७५ हजार उत्पादन हुने

images
आइतबार, जेठ २८ २०८०
images
images
टेस्ला साइबरट्रक : अगस्ट अन्त्यमा बजारमा आउने, वार्षिक ३ लाख ७५ हजार उत्पादन हुने

२०२३ को जुनसम्ममा टेस्ला साइबरट्रकको बुकिङ १५ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- लामो समयदेखि चर्चामा रहेको अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाले उत्पादन गर्ने भनेको साइरबट्रक अगस्ट अन्त्यमा बजारमा आउने भएको छ। टेस्लाले पहिलो पटक २०१९ मा साइबरट्रकको प्रोटोटाइप सार्वजनिक गरेको थियो। 

images
images
images

आउँदो अगस्टको अन्तिममा सार्वजनिक हुने साइबरट्रक आम उपभोक्ताले सोचेभन्दा कम संख्यामा उत्पादन गर्ने योजनामा टेस्ला सीईओ एलन मस्क रहेका छन्। ४ वर्षयता कहिले आउने भन्ने दोधारमा रहेको साइबरट्रक अब भने उपभोक्तालाई हस्तारन्तरण गर्ने गरिने सार्वजनिक हुने निश्चित भएको छ। 

images

२०२३ को जुनसम्ममा टेस्ला साइबरट्रकको बुकिङ १५ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको इनसाइडइभीज्ले लेखेको छ। यो संख्या दिनदिनै बढ्दै गइरहेको छ। पछिल्लो पटक भएको टेस्लाको वार्षिक बैठकमा सीईओ मस्कले साइबरट्रक वार्षिक २ लाख ५० हजारवटा उत्पादन गर्ने बताएका थिए। वार्षिक ५ लाखसम्म साइबरट्रक बनाउने क्षमता विकास गरेको टेस्लाले सुरुवातमा वार्षिक ३ लाख ७५ हजार वटा बनाउने बताएको छ। 

images

टेस्लाले साइबरट्रक अगस्ट अन्त्यमा सार्वजनिक गर्ने र अक्टोबरदेखि मास प्रोडक्सनमा जाने बताएको छ। मास प्रोडक्सनमा गएलगत्तै साइबरट्रक उपभोक्तालाई हस्तारन्तर सुरु गरिने कम्पनीको भनाइ छ। 

चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले विभिन्न मोडलका विद्युतीय कार बनाइरहेको छ। टेस्लाका मोडल एक्स, मोडल वाई, मोडल थ्री, मोडल एसलगायत मोडलहरु बिक्रीका लागि संसारभर जसो उपलब्ध छन्। 

टेस्लाले बनाउने भनेर घोषणा गर्दै बुकिङ समेत लिएको साइबरट्रक भने हालसम्म सार्वजनिक भएको छैन। २०१९ देखि नै चर्चामा रहेको साइबरट्रकको प्रोटोटाइप सार्वजनिक गर्दै कम्पनीले २०२१ मा बजारमा ल्याउने बताएको थियो। 

टेस्ला साइबरट्रक हालसम्मको सर्वाधिक बुकिङ हुने कार बनेको छ। २०२१ सम्ममा विश्वभर १३ लाख वटाभन्दा बढी साइबरट्रक बुकिङ भएको साइबरट्रक अहिले १५ लाखभन्दा धेरै भइसकेको छ। १३ लाख वटाको मूल्य करिब ८० अर्ब अमेरिकी डलर बराबरको थियो भने १५ लाखको करिब १ खर्ब डलर हुने अनुमान गरिएको छ। 

टेस्लाले २०१९ को नोमेन्बरमा पहिलो पटक साइबरट्रक सोकेस गरेको थियो। त्यतिबेला टेस्लाले साइबरट्रक ब्याट्रीबाट चल्ने विद्युतीय पिकअप हुने र यसको पर्फमेन्ट स्पोर्टस कारको जस्तो हुने बताएको थियो। सुरुवाती प्रोटोटाइपको तुलनामा टेस्लाले साइबरट्रकमा धेरै नै परिमार्जन गरेको छ। 

टेस्लाले साइबरट्रक बुक गर्ने उपभोक्ताबाट १ हजार डलर लिएको थियो। २०२१ सम्म १३ लाख वटा साइबरट्रक बुक गर्दा टेस्लाले १ अर्ब ३० करोड डलर यसअघि नै उपभोक्ताबाट उठाइसकेको छ। टेस्लाले साइबरट्रकको बुकिङ खोलेको पहिलो साता नै २ लाख ५० हजार वटा बुक भएको थियो। 

टेस्लाको साइबरट्रकसँग प्रतिस्पर्धा गर्ने गरि फोर्डको एफ १५० र जनरल मोटर्सको इलेक्ट्रिक हमर यसअघि नै सार्वजनिक भइसकेका छन्।

टेस्लाले २०१९ नोभेम्बरमा साइबरट्रक सोकेस गर्दा यसको माइलेज ९ सय ५० किलोमिटर हुने र १ सय किलोमिटर प्रतिघण्टाको गति ३ सेकेन्डमा तय गर्ने दाबी गरेको थियो। तर उत्पादन भएर आउँदा साइकबरट्रकको रेन्जलगायत विशेषता के कस्तो हुने टेस्लाले हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन। 


प्रकाशित : आइतबार, जेठ २८ २०८००४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend