शुक्रबार, असोज ४ गते २०८१    
images
images

ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २६ २०८०
images
images
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो

आवश्यक सूचना माग गरेको बखत यथाशीघ्र तोकिएको ढाँचामा उपलब्ध गराउनका लागि सम्बन्धित एअरलाइन्स तथा सोसँग सम्बद्ध सफ्टवेयर कम्पनीसँग समन्वयकारी भूमिकाका लागि अनुरोध गरिएको छ।

images
images

काठमाडौं- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ।

images
images
images

उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर सचेतनाका लागि आवश्यक समन्वय गर्न अनुरोध गरेसँगै बोर्डले सचेत गराउन थालेको छ। 'पछिल्ला दिनमा हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेशका घटना बढी रहेको हुँदा सो सम्बन्धमा सुरक्षित रहन सम्बन्धित टिकेटिङ गर्ने ट्राभल एजेन्सीलगायतका कार्यालयलाई समयमै सचेतनाका लागि जानकारी गराई दिनुहुन अनुरोध छ', ब्यूरोले बोडलाई पठाएको पत्रमा भनिएको छ।

अनुसन्धानको सिलसिलामा आवश्यक सूचना माग गरेको बखत यथाशीघ्र तोकिएको ढाँचामा उपलब्ध गराउनका लागि सम्बन्धित एअरलाइन्स तथा सोसँग सम्बद्ध सफ्टवेयर कम्पनीसँग समन्वयकारी भूमिकाका लागि अनुरोध गरिएको छ।

सोही आधारमा नेपाल पर्यटन बोर्डले आवश्यक सचेतनाका क्रियाकलाप अघि बढाएको छ। सेवाप्रदायक निकायलाई आवश्यक सचेत गराउने, सुरक्षित रहन तथा जथाभावी आफ्नो गोप्य जानकारी सेयर नगर्न र यकीन गरेर मात्रै कारोबार गर्न सम्बन्धित निकायलाई सचेत गराइएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।

images

उनले सबै निकाय तथा सम्बद्ध व्यक्तिलाई सावधानीका समग्र उपाय अपनाउन सुझाव दिएको लामिछानेले बताए। घटनाका विषयमा अहिले साइबर ब्यूरोले अनुसन्धान पनि गरिरहेको छ। ब्यूरोमा परेको जाहेरीका आधारमा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए। उनले घटना थप नघटोस् भनेर पर्यटन बोडलाई पत्राचार गरेरै सचेत गराउने भनिएको पनि बताए।

केहीअघि कस्मो नेपाल ट्राभल्सलगायत तीन वटा संस्थाको ‘युजर नेम’बाट अनधिकृतरुपमा लाखौँको टिकेट काटिएको सार्वजनिक भएको छ। हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्षित गरी ह्याकरले ‘फिसिङ’का माध्यमबाट लग इन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याइ विदेशी टिकट ‘इस्यु’ गरेको पाइएको थियो। रासस


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend