आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

नयाँ हवाई प्रवेश बिन्दु : मोदी सुन्छन् मात्रै, अनुमति दिँदैनन्

images
images
images
नयाँ हवाई प्रवेश बिन्दु : मोदी सुन्छन् मात्रै, अनुमति दिँदैनन्

कोप–२६ को अन्तर्राष्ट्रिय सम्मेलमा स्कटल्याण्ड पुगको प्रधानमन्त्री शेरबहादुर देउवाले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश विन्दुको विषयमा छलफल गरेका छन्। 

images
images

काठमाडौं- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा छन्। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश बिन्दुको विषयमा छलफल गरेका छन्। 

images
images
images

देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग नेपाललाई महेन्द्रनगर र नेपालगञ्जबाट पनि हवाई प्रवेशको अनुमति दिनु पर्ने विषय उठाएका छन्। नेपालले महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश बिन्दुको विषयमा छलफल सुरु गरेको पाँच वर्षभन्दा बढी भइसकेको छ। नेपालले नयाँ हवाई प्रवेश बिन्दुको भारतीय पक्षसँग २०१६ देखि छलफल गर्दै आएको छ।

images

तर भारतीय पक्षले सुरक्षाको विषय उठान गर्दै महेन्द्रनगर र नेपालगञ्ज प्रवेश बिन्दु दिन नसक्ने भन्दै टार्दै आएको छ। नयाँ हवाई प्रवेश बिन्दुको विषय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा समेत विषय दर्ता भइको थियो। संगठनले पनि दुई पक्षीय वार्ताबाट उक्त विषय सुल्झाउने भनेको थियो।

images

आइकाओको सुझावपछि भारतीय पक्ष र नेपाली पक्षले सुरक्षा अडिट गर्दै प्रवेश बिन्दुको विषय सुल्टाउने सहमति गरेका थिए। तर भारतीय पक्षले अहिलेसम्म पनि नेपाललाई पश्चिमतर्फको प्रवेश बिन्दु दिन विभिन्न वाहना देखाएर टार्दै आएको छ।

images
images

पछिल्लो समय भारतीय पक्षले निर्माण सम्पन्न हुने क्रममा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समेत सहज हुने गरी हवाई प्रवेश बिन्दु नदिने नीति लिएको छ। भैरहवा प्रवेश बिन्दु दिँदा पनि २१ हजार फिटभन्दा माथिबाट मात्रै प्रवेश बिन्दु दिने भन्दै आएको छ।

तर भारतीय पक्षले पूर्वतिर थप नयाँ हवाई प्रवेश बिन्दु दिन तयार भए पनि पश्चिमतर्फको बिन्दु दिन भने सुरक्षाको विषय उठाएर पन्छिँदै आएको छ। यसैबीच प्रधानमन्त्री देउवाले महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश बिन्दुको विषय मोदीसँग कुराकानी गरेका छन्। अहिले नेपालबाट बाहिरिने जहाजले महेन्द्रनगर र नेपालगञ्ज बिन्दु प्रयोग गर्न भने पाउने छन्। नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने अवस्था थियो, जसका कारण सिमरामा हवाई ट्राफिक बढ्दो छ। 

नेपालगञ्ज प्रवेश बिन्दुका विषयमा भारतीय पक्ष सकारात्मक छैन। भारतीय पक्षले नेपालगञ्ज प्रवेश बिन्दु दिन त्यस क्षेत्रमा आर्मी बेस क्याम्प रहेको भन्दै आलटाल गर्दै आएको थियो। भारतीय पक्षले प्राविधिक मूल्यांकन पूरा नभएको भन्दै डिसेम्बरसम्मको समय माग गरेको छ। नेपालमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा उपयुक्त नेपालगञ्ज प्रवेश बिन्दु हो। अहिले नेपालको पूर्वमा पर्ने बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड , सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्।

यसैगरी पश्चिमबाट आउने जहाज दिल्ली हुँदै गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री बिन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्। नेपालमा पोखरा, भैरहवा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छन्।

यी विमानस्थलमा आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ। नेपालगञ्ज प्रवेश बिन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटो पर्ने र सिमराको बढ्दो ट्राफिक जाम कम हुने अवस्था आउँछ। 

नेपालगञ्जबाट इन्ट्री पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै–विस्तारै उचाइ घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्ने सहज हुन्छ। महेन्द्रनगरबाट बढी उचाइमा जहाज प्रवेश गर्ने पाएको अवस्थामा पश्चिम तथा युरोपबाट आउने जहाज सिधै नेपाल प्रवेश गर्न सक्ने अवस्था रहने प्राधिकरणले जनाएको छ। यही रुट हुँदै नेपालबाट हङकङ, कोरिया जाने जहाजलाई पनि दूरी कम हुन्छ। यसबाट नेपाली आकाश प्रयोग गरेबापत नेपाललाई पनि केही आम्दानी हुन्छ। 

अहिले पश्चिम र युरोपबाट आउने जहाज भारतीय आकाश फन्को मार्दै पूर्व जाने गरेका छन्। सिमरा बिन्दुको तुलनामा नेपालगञ्ज प्रवेश बिन्दुबाट काठमाडौं आउँदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्छ। भारतीय विमानपत्तन प्राधिकरणले २०७४ जेठ मा पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि नयाँ हवाई प्रवेश बिन्दु नदिने निष्कर्षमा पुगेको थियो।

तर सोही वर्षको असोज अन्तिम साता भारतमा भएको दुईपक्षीय प्राविधिक टोलीको छलफलमा भारतीय पक्षले पश्चिम नेपालको मेहन्द्रनगरदेखि नेपालगञ्जसम्मको कुनै पनि ठाउँबाट नयाँ प्रवेश बिन्दु दिन नसक्ने बताएको थियो।  

त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाइ प्रवेश बिन्दुको विषय सुल्झाउन दुवै देशका प्राविधिक टोली खटाउने सहमति भएको थियो। तर उक्त सहमति भएको केही सयपछि फेरि भारतीय पक्ष पश्चिम नेपालको कुनै पनि बिन्दुबाट प्रवेश नदिने पक्षमा पुगेको थियो।

आटटालको ५ वर्ष, हरेक प्रधानमन्त्रीको भ्रमण एजेन्डा कागजमै सीमित

नयाँ हवाई प्रवेश बिन्दुका विषयमा दुईपक्षीय छलफल सुरु भएको पाँच वर्षभन्दा बढी समय बितिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरे पनि नयाँ हवाई प्रवेश बिन्दुको विषय अझै ओझेलमै छ।

नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ। 

यही बाध्यता अन्त्यका लागि भारतीय पक्षसँग भएका सबै प्रयास छलफलमै सीमित भएको हो। नयाँ प्रवेश बिन्दुको विषय पूर्व प्रधानमन्त्री केपी ओली शर्मा र पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको एजेन्डामा पदै आएको छ। २०७४ सालमा प्रधानमन्त्री भएपछि भारत भ्रमण जाँदा  वर्तमान प्रधानमन्त्री देउवाले यो विषय पनि एजेण्डामा राखेका थिए।

झन्डै साढे चार वर्ष अगाडि नयाँ हवाई प्रवेश बिन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकात्तामा बैठक गर्ने निर्णय गरेको थियो। तर, त्यो बैठक पनि भारतीय पक्षले गर्न चाहेन।

त्यसपछि गत वर्षको असोजमा भारतीय पक्षले फेरि छलफलको लागि नेपाली पक्षलाई वार्तामा बोलाएको थियो। तर, नेपालमा चलिरहेको स्थानीय, प्रदेश र संघको निर्वाचन आचारसंहिताका कारण नेपाली टोली वार्तामा सहभागी हुन सकेन। निर्वाचनलगतै नयाँ सरकार गठन भयो।

प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तामा चैतमा भारत भ्रमणमा गए। त्यसबेलाको भ्रमणमा पनि नयाँ हवाई प्रवेश बिन्दुको विषयमा उच्चस्तरीय छलफल भयो। त्यसअघि पनि प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालको भारत भ्रमणमा पनि यो एजेन्डामा निरन्तर छलफल हुँदै आएको थियो। 

केपी ओलीको भ्रमणका समयमा नयाँ हवाई प्रवेश बिन्दु प्राविधिक विषय रहेको हुँदा प्राविधि तवरबाट सल्टाउने निणर्य भएको थियो। त्यसलगतै फेरि नरेन्द्र मोदी गत वैशाखमा नेपाल भ्रमणमा आए। भ्रमणमा फेरि उही पुरानो कुरा नयाँ हवाई प्रवेश बिन्दुको कुरा छलफल भयो। छलफलले तत्काल नै नयाँ प्रवेश बिन्दुकाे विषय टुंगोमा लगाउन गरी प्राविधिक टोलीलाई काम गर्न उच्च स्तरीय छलफलबाट निर्देशन भयो। 

त्यसलगतै दुईपक्षीय प्राविधिक टोलीले गत जेठमा पाँच वटा नयाँ हवाई प्रवेश बिन्दु नेपालका लागि खुल्ला गर्ने गरी एमओयू भएको थियो। तर, अन्त्यमा भारतीय प्राविधिक टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई छलफलमा बोलाएर पूर्वतर्फको हवाई प्रवेश बिन्दु दिन कुनै समस्या नभएपनि पश्चिम तर्फबाट नयाँ हवाई प्रवेश बिन्दु नै दिन नसक्ने जवाफ दिँदै वार्ता भाँडेको छ।

images

प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०१:३३

प्रतिक्रिया दिनुहोस