आइतबार, असार १ गते २०८२    
आइतबार, असार १ २०८२
images
images

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को देखियो महँगी

images
शुक्रबार, जेठ २६ २०८०
images
images
पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को देखियो महँगी

बैशाख मसान्तसम्मको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ।

images
images

काठमाडौं- तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर ७.४१ प्रतिशत पुगेको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत र पहाडमा ७.५७ प्रतिशत पुगेको छ। त्यस्तै, तराई क्षेत्रमा ७.१५ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ।

images
images

बैशाख मसान्तसम्मको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ।

images
images
images

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २६ दशमलव ६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५ दशमलव ७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३ दशमलव ०८ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको नौ दशमलव ६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको आठ दशमलव २७ प्रतिशतले बढेको छ।

गत बैशाख महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३१ प्रतिशत रहेको छ। उपभोग्य वस्तुको थोक मूल्य तीन दशमलव १२ प्रतिशतले घटेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि दुइ दशमलव ६८ प्रतिशत रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend