आइतबार, कात्तिक २५ गते २०८१    
images
images

अनुदानमा ४० अर्ब खर्चिएर ५ वर्षभित्र १६ खर्बको निर्यात गर्ने सरकारी लक्ष्य

images
शुक्रबार, जेठ २६ २०८०
images
images
अनुदानमा ४० अर्ब खर्चिएर ५ वर्षभित्र १६ खर्बको निर्यात गर्ने सरकारी लक्ष्य

२०१६ मा अद्यावधिक गरिएको एनटीआइएसमा थप २४ वटा वस्तु थपेर अद्यावधिक गरिएको छ।  निर्यातका लागि कृषितर्फ अलैंची, अदुवा, दलहन, जुट र चिया राखिएको छ।

images
images

काठमाडौं- सरकारले पाँच वर्ष भित्र निर्यात  १६ खर्ब पुर्‍याउने महत्वकांक्षी लक्ष्य लिएको छ। सरकारले आर्थिक वर्ष २०८४/८५ सम्म १६ खर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य राखेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार रणनीति कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। 

images
images
images

‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना-२०७९’ र अनुमानित उक्त लगानी हुने आँकलनसहित ‘नेपाल व्यापार एकीकृत रणनीति (एनटीआइएस)-२०८०’ पनि अद्यावधिक गरी कार्यान्वयनमा ल्याएको हो।

images

चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ३० अर्ब रुपैयाँ मात्रै निर्यात भएको छ। तर आयात भने १३ खर्ब ३५ अर्ब रुपैयाँ पुगिसकेको छ। पाँच वर्ष भित्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५० खर्ब रूपैयाँबाट बढेर ८० खर्ब रूपैयाँ पुग्ने र यही अनुपातमा निर्यात २० प्रतिशत पुर्याइने लक्ष्य राखिएको हो। 

images

सरकारले कानूनी सुधार, प्रशासनिक कार्यका लागि खर्च नलागे पनि आवश्यक पूर्वाधारदेखि निर्यातमा नगद अनुदान दिँदासम्म ४० अर्ब खर्च हुने अनुमान सरकारको छ।

उद्योगसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय-राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उर्जा तथा जलस्रोत, शिक्षा, विज्ञान तथा प्रविधि, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई कार्यान्वयनका लागि जिम्मेवार निकायको रूपमा रहेका छन्।  

यो कार्ययोजना कार्यान्वयनको मध्यावधि समिक्षा ३ वर्षमा हुने र त्यसपछि ५ वर्षपछि अन्तीम समिक्षा गरिने छ। २०१६ मा अद्यावधिक गरिएको एनटीआइएसमा थप २४ वटा वस्तु थपेर अद्यावधिक गरिएको छ।  निर्यातका लागि कृषितर्फ अलैंची, अदुवा, दलहन, जुट र चिया राखिएको छ।

त्यस्तैवनजन्यतर्फ  जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हाते कागज र रोजिन र टर्पेन्टाइन रहेको छ। उद्योगतर्फ फलाम तथा स्टिल, धागो तथा कपडा, जुत्ता र तयारी पोशाक रहेको छ। गलैंचा, गहना, पश्मिना, पास्ता, ऊनबाट बनेका सामान (फेल्टसहित) रहेका छन्। 

सुगन्धित तेल, हिमालयन स्प्रिङ वाटर, तरकारी, फलफूल र तिनका प्रशोधित सामग्री, मसलाहरू (दालचिनी, बेसार, लसुन, केसर, जीरा, मरिच र तेजपात), हस्तकला, लामा रेशाका कपडाहरू (अल्लो र हेम्पका रेशाहरू), कफी, पिपिसी सिमेन्ट, छुर्पी रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend