शुक्रबार, असोज ४ गते २०८१    
images
images

विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्षले अर्थमन्त्रीसँग गरे भेट, बजेट र स्रोत व्यवस्थापनबारे छलफल

images
बिहीबार , जेठ २५ २०८०
images
images
विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्षले अर्थमन्त्रीसँग गरे भेट, बजेट र स्रोत व्यवस्थापनबारे छलफल

भेटमा उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने लगायतका विषयमा छलफल भएको छ।

images
images

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गरेका छन्। भेटमा वित्त व्यवस्थापनमा नेपालले भोग्नुपरेका चुनौतीहरु, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका विषयमा छलफल भएको छ।

images
images
images

आयोजनालाई पुन:प्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको हो। विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै अर्थमन्त्री महतले मुख्यतः पूर्वाधार विकासमा जोड दिन आग्रह गरे।

पूर्वाधार विकास र सामाजिक विकासका सूचकहरुवीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरीव तथा पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाहरुको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट स-साना बजारहरुमा उनीहरुको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरहरुमा पहुँच विस्तार हुँदै जाने धारणा राखे।

बसाइँसराइले अवसरसँगै साना सहरी पूर्वाधारमा चाप परेकोले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको उल्लेख गर्दै जलविद्युत्, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वशर्त रहेको धारणा व्यक्त गरे।

images

सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने तर्फ इंगित गर्दै अर्थमन्त्री महतले सावाँ-ब्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापनतर्फ पनि सचेत रहनुपर्नेतर्फ जोड दिए।

माथिल्लो अरुण आयोजनाको लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको नेतृत्वदायी भूमिकाको लागि धन्यवाद दिँदै सो आयोजनाको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको र यस्ता आयोजनाको लागि स्रोत जुटाउँदा अन्य आयोजनाहरुमा स्रोतको कमी हुन नदिने गरी व्यवस्थापन गर्न र नेपालमा क्रियाशील नरहेका नयाँ विकास साझेदारहरुलाई आकर्षण गर्न उनले आग्रह गरे। उनले नेपालले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेको पनि बताए।

बैंकका उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्वोधन गर्न संयुक्तरुपमा काम गर्न आग्रह गरे। खरिद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा जोड दिए। छलफलमा पुँजीगत खर्च बढाउने विश्व बैंकका प्रतिनिधिले आग्रह गरेका थिए।

भेट तथा छलफलमा विश्व वैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , जेठ २५ २०८००९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend