शुक्रबार, असोज ४ गते २०८१    
images
images

मल्कवाङ, भेडिखाल्टा र बेँसी पन्थोकमा पुग्यो खानेपानी सुविधा

images
बिहीबार , जेठ २५ २०८०
images
images
मल्कवाङ, भेडिखाल्टा र बेँसी पन्थोकमा पुग्यो खानेपानी सुविधा

५७ लाख ६२ हजार ८ सय ३ रूपैयाँको लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन्।

images
images

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब एक करोड रूपैयाँको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन्। नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरि गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५ को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को बेँसी पन्थोकमा आयोजना निर्माण भएका हुन्।

images
images
images

नेवाका प्राविधिक निरीक्षक रामबहादुर बुढाले ९४ लाख नौ हजार आठ सय २ रूपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट एक सय ५३ घरधुरी लाभान्वित भएको बताए। 'घरघरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,' उनले भने 'आगामी आर्थिक वर्ष २०८०/८१ मा धवलागिरि-२ खोरिया र लमसुङमा दुई खानेपानी आयोजना बनाउन सर्वेक्षण भएको छ।'

५७ लाख ६२ हजार ८ सय ३ रूपैयाँको लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन्। छहराको मुहानबाट पानी ल्याएर मल्कवाङमा ४९, होपाटोलमा ३८ घर, वडा, विद्यालय र स्वास्थ्य चौकीमा एक/एकवटा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर छन्त्यालले जानकारी दिए।

'घरघरमा धारा बनाएर पानी वितरण गरेपछि समयको बचत, सुविधा र जनजीवन सहजका भएको छ,' उनले भने, 'यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामा पर्याप्त पानी नआउँदा समस्या भएको थियो।' यसका लागि उपभोक्ताले प्रतिघर ४५ दिनका दरले श्रमदान गरेका थिए।

images

सोही वडाको भेडिखाल्टामा नेवाको दश लाख ५४ हजार आठ सय ७८, धवलागिरि गाउँपालिकाको छ लाख ९४ हजार आठ सय ८२ अनुदान र उपभोक्ताको चार लाख २३ हजार सात सय ६९ रूपैयाँ बराबरको श्रमदानमा अर्को खानेपानी आयोजना निर्माण भएको छ। सो आयोजनाबाट ३९ वटा घरधुरी रहेको भेडिखाल्टामासँगै जोडिएका दुई वटा घरले एउटा धारा प्रयोग गर्ने गरी ३४ वटा धारा बनाइएको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए।

यसैगरी धवलागिरि गाउँपालिका-६ मा १४ लाख ७३ हजार चार सय ७० रूपैयाँको लागतमा निर्माण भएको बेँसी पन्थोक खानेपानी आयोजनाबाट २९ वटा घरधुरीका दुई सय १२ जनसंख्या लाभान्वित भएका छन्।

जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लबको भवनमा पानी वितरण गर्न निजी धारा जडान गरिएको छ। नेवाको सात लाख ७७ हजार ९२, गाउँपालिकाको तीन लाख ९९ हजार चार सय ७५ अनुदान तथा उपभोक्ताको ३३ हजार चार सय ५९ नगद र दुई लाख चार सय ४४ रूपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो।

आँगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको स्थानीय भूमिका गर्बुजाले बताए। आगामी वर्ष मालिका गाउँपालिकामा ६ वटा र मंगला गाउँपालिकामा तीन खानेपानी आयोजना निर्माण गर्न लागिएको नेवाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८००८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend