शुक्रबार, असोज ४ गते २०८१    
images
images

‘निजी क्षेत्रले सरकारबाट सहजीकरण पाउन सकेन, सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोग अझै छ’

images
बिहीबार , जेठ २५ २०८०
images
images
‘निजी क्षेत्रले सरकारबाट सहजीकरण पाउन सकेन, सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोग अझै छ’

लुम्बिनी केबलकारले समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानीकर्ताहरुलाई लगानीका लागि आग्रह गरे पनि लगानीका लागि आवश्यक मात्रामा सहजीकरण गर्न नसकेको बताएका छन्।

images
images
images

बिहीबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको लुम्बिनी केबलकारका अध्यक्षसमेत रहेका ढकालले केबलकारको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्। 'निजी क्षेत्रसँग सहकार्य गर्ने तथा लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहे पनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन सकेको छैन', अध्यक्ष ढकालले भने, 'हामीलाई कागजी प्रक्रिया र कुनै कारण नभए पनि सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले अहिले पनि सताइ नै रहेको छ।'

सरकारी झन्टिला प्रक्रियाका कारण लगानीकर्ताहरु चुनौतीका चाङ पन्छाउँदै अघि बढ्नुपर्ने अवस्था अहिले पनि रहेको र यसले  लगानीकर्ता एवं उद्यमी व्यवसायीहरुमा निराशा उत्पन्न हुँदै जाने उनले बताए। साथै उनले लगानीमैत्री वातावरण बनाइदिन सरकारसँग आग्रह पनि गरे। 'यो कुनै निश्चित आयोजनाको नभएर समग्र निजी क्षेत्रको समस्या भएकाले लगानीमैत्री वातावरणका लागि पहल गरिदिन सबै सरकारी एवं राजनीतिक नेतृत्वलाई मेरो आग्रह छ', उनले भने।

उनले पर्यटनका लागि लुम्बिनीमा अथाह सम्भावना रहेको पनि बताए। 'गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका एक तिहाइभन्दा बढी मानिसको आस्थाको धरोहर हो। यतिखेर हामी भारतको बोर्डरबाट ३० मिनेट मात्रको ड्राइभमा छौँ। अर्कातर्फ लुम्बिनी क्षेत्र उत्तरी छिमेकी चीनका नागरिकको सबैभन्दा बढी इच्छाइएको गन्तव्य पनि हो', उनले भने, 'यी दुई देशको जनसंख्या झन्डै पौने तीन अर्ब पुग्न आउँछ। यो तथ्यलाई मनन गरेर पर्यटन नीति बनायौँ भने हामी पर्यटक खोज्न धेरै तिर भौँतारिनै पर्दैन। अनि हाम्रा लागि समृद्धि धेरै टाढा पनि हुनेछैन।'

images

लुम्बिनी केबलकारले समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे। यहाँ निर्माण गरिएका पाँचतारे होटेल, मन्दिरलगायत पूर्वाधारले भारतका सीमावर्ती शहरका पर्यटकहरुलाई आकर्षित गर्ने र यसले विदेशी मुद्रा आर्जन गर्नुका साथसाथै सीमादेखि नै विभिन्न प्रकारका रोजगारी सिर्जना मद्दत पुग्ने उनको भनाइ छ।

'वसन्तपुरमा निर्माण भएका यी संरचना एवं मन्दिर नेपालको मात्र नभएर भारतका उत्तर प्रदेश र बिहार राज्यको झन्डै ३५ करोड नागरिकको पनि आकर्षक गन्तव्य बन्नेछन् भन्ने हामीलाई विश्वास छ', उनले भने, 'गर्मीयाममा अहिले पनि भारतमा ‘गर्मीसे बेहाल चलो नेपाल’ अभियान चलाउने गरेको पाइन्छ। भोलिका दिनमा यो अभियानको उत्कृष्ट गन्तव्य वसन्तपुर डाँडा बन्छ भन्ने पनि हामीलाई विश्वास छ।'

सरकारले आगामी वर्षको बजेटमा सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशकका रुपमा मनउने घोषणा गरेको छ। हाल नेपालमा विदेशी पर्यटक औसातमा १२ दिनमात्र बस्ने भएकाले यो बसाइ अवधि बढाउनुपर्ने उनको भनाइ छ। त्यस्तै पर्यटकको दैनिक खर्च ४४ डलर मात्र रहेकाले यसलाई कम्तिमा १०० डलर पुर्‍याउन पनि प्रयास थाल्नुपर्ने उनले बताए।


प्रकाशित : बिहीबार , जेठ २५ २०८००७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend