शुक्रबार, असोज ४ गते २०८१    
images
images

६ प्रतिशत आर्थिक वृद्धिदरका लागि सरकारी लगानीले पुग्दैन, निजी क्षेत्रलाई उत्प्रेरित गर्नुपर्छ : विनोद चौधरी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २५ २०८०
images
images
६ प्रतिशत आर्थिक वृद्धिदरका  लागि सरकारी लगानीले पुग्दैन, निजी क्षेत्रलाई उत्प्रेरित गर्नुपर्छ : विनोद चौधरी

दिर्घकालीन आर्थिक विकासका लागि जलविद्युत् उत्पादन र पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ। तर जलविद्युत् उत्पादनका लागि अहिले पनि प्रशासकीय प्रक्रियामा झन्झट कायमै रहेकाले सरकारले यसमा सुधार गर्नुपर्ने उनको भनाइ छ। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेटमा राखिएको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्रमाथिको निर्भरता अझै बढेको बताएका छन्। 

images
images
images

अर्थमन्त्री डा प्रकाशशरण महतले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले आर्थिक वृद्धिदरको लक्ष्य प्राप्ति चुनौतीपूर्ण रहेको बताए। 

वर्षौँदेखिको खराब राजनीति तथा नीतिका कारणले समस्यामा परेको अर्थतन्त्रको जगमा टेकेर बजेटले रुपान्तरणको मार्ग लिन खोजे पनि अपेक्षित लक्ष्य हात पार्नका लागि समस्या रहेको उनको भनाइ छ। 

अनिवार्य दायित्व बढ्दै जाँदा बजेटको अधिकांश हिस्सा चालु खर्चमा विनियोजन गर्नुपर्ने, ऋणको साँवा ब्याज भुक्तानीका लागि धेरै बजेट दिनुपर्ने अवस्था आएको अर्कोतिर पुँजीगत खर्चका लागि न्यून बजेट भएकाले आर्थिक विकासका अझ चुनौतीपूर्ण भएको उनको भनाइ छ। 

images

‘६ प्रतिशको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ। यो सजिलो छैन। ६ प्रतिशतको वृद्धिदर हासिल गर्नका लागि ३० खर्ब  लगानी गर्नुपर्छ। यस्तोमा पुँजीगत विनियोजन झन खुम्चिएको छ। ६ प्रतिशतको वृद्धिदरका लागि निजी क्षेत्रको भर पर्नुपर्ने छ’, उनले भने। 

६ प्रतिशतको वृद्धिदरका लागि लगानी बढाउनुपर्नेमा सार्वजनिक खर्च अझ खुम्चिने भएकाले निजी लगानी बढाउनैपर्ने उनको भनाइ छ। अहिलेको समयमा निजी क्षेत्र आफैमा निराश भएकाले सरकारले विश्वास सिर्जना गर्नुपर्ने उनको भनाइ छ। 

कृषि उत्पादन बढाउनका लागि नीतिगत सुधारको घोषणा बजेटमा गरिए पनि अहिलेसम्म पनि किसानले आवश्यक मात्रामा मल पाउने अवस्था नरहेको उनको भनाइ छ। मललाई सहज बनाउनका लागि पेट्रोलियम पदार्थको जस्तै आयात र वितरणको मोडल विकास गर्नुपर्ने उनको सुझाव छ। 

दिर्घकालीन आर्थिक विकासका लागि जलविद्युत उत्पादन र पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ। तर जलविद्युत् उत्पादनका लागि अहिले पनि प्रशासकीय प्रक्रियामा झन्झट कायमै रहेकाले सरकारले यसमा सुधार गर्नुपर्ने उनको भनाइ छ। 


प्रकाशित : बिहीबार , जेठ २५ २०८००६:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend