आइतबार, जेठ ६ गते २०८१    
images
images

मान्मका अनधिकृत संरचना हटाइँदै

images
बुधबार, जेठ २४ २०८०
images
images
मान्मका अनधिकृत संरचना हटाइँदै

सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित जमिन खाली गराउन लागिएको हो।

images
images

मान्म- कालीकोट सदरमुकाम मान्ममा अनधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन्।

images
images
images

खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो। खाँडाचक्र-१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढंगले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ।

images

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक रुपमा जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले बताए।

images
images

'बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन निर्देशन दिइएको छ', उनले भने, 'अनधिकृत संरचना हटाउन असार ६ गतेसम्मलाई समय दिएको छ, उक्त समयमा नहटाइए नगरपालिका आफैले हटाउने निर्णय भएको छ।' 

images
images

सार्वजनिक जग्गा कहाँ कति मिचिएको छ, त्यसको जानकारी दिइने नगर प्रमुख कमलबहादुर शाहीले बताए। 'पहिलो चरणमा वडाले अतिक्रमित जग्गा हटाउन सूचना गरिसकेको त्यसपछि सार्वजनिक धारा, शौचालय र अन्य क्षेत्रको अतिक्रमित जग्गा खाली गराइने छ', उनले भने, 'नगरलाई सफा र सुन्दर बनाउन संरचना हटाउन लागिएको छ।'

सार्वजनिक जग्गा मिच्न नदिनु स्थानीय सरकारको दायित्व भएको र स्थानीय सरकारको अभियानलाई प्रशासनले पूर्णरुपमा साथ दिने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए। 'नगरपालिकाले निर्णय गरोस्, त्यसलाई कार्यान्वयनमा ल्याउन प्रशासनले साथ दिन तयार छौंँ', उनले भने, 'अवैध संरचना बनाउनु गैरकानूनी काम हो।' रासस


प्रकाशित : बुधबार, जेठ २४ २०८००९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend