शुक्रबार, असोज ४ गते २०८१    
images
images

राष्ट्रिय लोकमार्गमा ढुंगा, गिट्टी र बालुवाले दुर्घटनाको जोखिम

images
मंगलबार, जेठ २३ २०८०
images
images
राष्ट्रिय लोकमार्गमा ढुंगा, गिट्टी र बालुवाले दुर्घटनाको जोखिम
फाइल तस्बिर

लोकमार्ग नै अतिक्रमण गरेर हाइड्रोपावर निर्माण गर्दा सरोकारवाला निकायले निर्माण कम्पनीलाई कारबाही गर्न सकेको छैन।

images
images

ढोरपाटन- लोकमार्गको छेउछाउमा ढुंगा, गिट्टी, बालुवा र विद्युतीय तार छरपस्ट पारिएका छन्। छेउतिर दरमखोला र कुनापट्टी बडेमानका फलामका पाइप। यातायातका साधान निकै जोखिम मोलेर गुड्छन्। पदैलयात्रु पनि सडकभरी लत्रिएका विद्युतीय तारबाट करेन्ट लाग्ने डरले निकै मुस्किलका साथ हिँड्छन्।

images
images
images

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डअन्तर्गत गलकोट नगरपालिका-मनेवापाटामा मापदण्ड मिचेर हाइड्रोपावर निर्माण भइरहेको छ। दरमखोला हाइड्रोपावर प्रालिले लोकमार्ग कार्यालयसँग सम्झौता गरेर निर्माण थाले पनि अहिले मापदण्ड विपरीत गरिरहेको पाइएको छ। लोकमार्ग नै अतिक्रमण गरेर हाइड्रोपावर निर्माण गर्दा सरोकारवाला निकायले कुनै पनि अनुगमन गरेर अटेरी गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न सकेको छैन। हाइड्रोपावर प्रालिले सडक साँघुरो हुनेगरी विछ्याइएका पाइपले दुर्घटनाको जोखिमसमेत बढाएको छ। 

व्यक्तिगत कम्पनीले सार्वजनिकस्थल मिचेर काम गर्दा सरोकारवाला मौन बस्नु रहस्यम रहेको यात्रुको भनाइ छ। निर्माण कम्पनीले सवारी आवतजावत ठप्प बनाएर सडकमा पाइप विछ्याउने गरेको गाडी चालकको गुनासो गर्छन्। मध्यपहाडी लोकमर्गा कार्यालय पर्वतका इन्जिनियर राजन पाण्डेले हाइड्रोपावर प्रालिलाई सडकमा यातायातका साधान खुल्ला रुप चल्न दिने गरी काम गर्न पत्रचार गरे पनि अटेरी गरिरहेको बताए।

सडकको दुई/चार स्थानमा ठाउँमा मापदण्ड विपरीत काम गरेको इन्जिनियर पाण्डेको भनाइ छ। उनका अनुसार नौ सय मिटर लोकमार्ग हाइड्रोपावर प्रालिले नै कालोपत्र गरिदिने सम्झौतामा छ। 'मापदण्ड अनुसार र निर्माण सामग्री व्यवस्थित रुपमा राखेर निर्माण गर्न गर्न आठ/दशवटा पत्र पठायौँ तर कुनै वास्ता नगरी काम गरेको छ,' उनल भने, 'हाइड्रोपावर प्रालिले अटेरी गरी राख्दा सवारीसाधान आवतजावतमा समस्या परेको छ, अहिले हामीहरुले प्रेसर गरेपछि छेउपट्टीबाट पर्खाल उठाउने काम गरिरहेको छ, कम्पनीले सम्झौता अनुसार काम गरेको भए समस्या हुने थिएन।'

images

सात मिटर चौडाइ रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप विछ्याउँदा पाँच मिटर पनि पुग्दैन। हाइड्रोपावरको पाइपले कुनापट्टीको नालीसमेत पुरेको छ। हाइड्रोपावर प्रालिले पाइप विछ्याएपछि सडक निकै साँघुरो सडक दुर्घटनाको जोखिमसमेत उत्तिकै बढेको छ। दरमखोला हाइड्रो इनर्जीले आगामी असार मसान्तभित्र सक्नेगरी हाइड्रोपावरको कामलाई तीव्रता दिएको छ। यहाँबाट ९.६ मेगावाट बिजुली निकालिने कम्पनीले जनाएको छ।

हाइड्रोपावर सडकसँगै जोडिएर निर्माण गर्दा गाडी छिराउनै मुस्किल हुने गाडी चालक तुलबहादुर तामाङले बताए। उनले साना गाडी जसोतसो आवतजावत गर्न सके पनि ठूला मालबाहक ट्रक र बसलाई गाह्रो हुने गरेको गुनासो पोखे।

सडकमा राखिएका पाइपका टुक्रा, गिट्टी र ढुंगाका कारण दुर्घटनाको खतरा रहेको चालक तामाङ बताउँछन्। सडकको दुरावस्थातर्फ कसैको ध्यान पुगेको छैन। सडकमा छरिएका निर्माण सामग्रीलाई व्यवस्थित गर्न आग्रह गरिँदै आएको छ। दिउँसोको समयमा सामान पन्छाएर ओहोरदोहोर गर्ने गरिएको छ। राति भने दुर्घटनाको अत्यधिक जोखिम छ। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend