शुक्रबार, असोज ४ गते २०८१    
images
images

भोजपुरको षडानन्द १२-फाली दोबाटो सडक निर्माण तीव्र

images
मंगलबार, जेठ २३ २०८०
images
images
भोजपुरको षडानन्द १२-फाली दोबाटो सडक निर्माण तीव्र

५१ करोड ६२ लाख रूपैयाँ लागतमा सडक निर्माण थालिएको हो। 

images
images

भोजपुर- भोजपुरको षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ।

images
images
images

कालोपत्र गर्ने लक्ष्यका साथ कोशी प्रदेश सरकारको भ्याटसहित ५१ करोड ६२ लाख रूपैयाँ लागतमा सडक निर्माण थालिएको हो। पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत यो सडक कालोपत्र गर्ने उद्देश्यले २०७७ सालबाट निर्माण थालिएको हो।

सडकको ‘स्ट्रकचर’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ भने सब बेस र बेसलगायतको काम भइरहेको छ। हालसम्म सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत रहेको कार्यालयले जनाएको छ।

निर्माण भइरहेको सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेको छ। सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिए। 'यो सडक निर्माणलाई तीव्र गतिमा अघि बढाएका छौँ', प्रमुख महतोले भने, 'आगामी आर्थिक वर्षबाट कालोपत्र सुरु गर्ने लक्ष्य छ। गुणस्तरीय सडक निर्माणमा हामीले ध्यान दिएका छौँ।'

images

दुई वर्ष सम्झौता अवधि भए पनि कोभिद तथा बर्सातका कारण सोचेअनुरुप प्रगति नभएपछि एक वर्ष म्याद गरिएको उनको भनाइ छ। सडकको निर्माण अवधि आगामी २०८१ बैशाख महिनासम्म रहेको प्रमुख महतोले जानकारी दिए।

निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी लामा, बानियाँ जेभीले जनाएको छ। सामान ढुवानीका लागि अरुण नदीमा पुल नहुँदा पनि समस्या रहेको कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले बताए।

'विभिन्न समस्यालाई झेल्दै पनि कामलाई तीव्र गतिमा अघि बढाएका छौँ', उनले भने, 'अहिले हामीले बेसको काम गरिरहेको छौँ। बर्सातले असर गरेन भने यो आर्थिक वर्षमा नै कालोपत्र सुरु गर्ने योजना छ र अरुण नदी पुल नहुँदा बाहिरबाट सामान ल्याउन ढिला हुने गरेको अवस्था छ।'

निर्माणका लागि आवश्यक पर्ने सामग्रीका लागि क्रसर प्लान्ट जडान भइसकेको कम्पनीले जनाएको छ। 

आस्फाल्ड प्रविधिमा कालेपत्र हुने सडकको गुणस्तरमा विशेष ध्यान दिएको कार्यालयले जनाएको छ। कम्पनीले इन्जिनियरको प्रत्यक्ष निगरानीमा निर्माणको काम गरिरहेको कार्यालयको भनाइ छ। सामग्रीको ल्याव परीक्षणपछि मात्र प्रयोगका लागि अनुमति दिने गरेको कार्यालयका इन्जिनियर मानबहादुर मगरले बताए।

'सडक तोकिएको मापदण्डअनुसार निर्माण भइरहेको छ', उनले भने, 'प्रयोग हुने सामग्रीको ल्याव परीक्षणपछि मात्र प्रयोगका लागि अनुमति दिएका छौँ।' सडक आस्फाल्ड प्रविधिबाट साढे पाँच मिटर चौडाइ कालोपत्र हुने कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८००८:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend