सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

गर्मीले आजित जनजीवन, आज देखिन्छ हल्का वर्षाको सम्भावना

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ २३ २०८०
images
images
गर्मीले आजित जनजीवन, आज देखिन्छ हल्का वर्षाको सम्भावना
बर्दघाट सुस्ता पूर्वको कावासोती क्षेत्रमा चैत धान काट्दै किसान। तस्बिर : दयाराम आचार्य/रासस

पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

images
images

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images
images

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

images
images

रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

images
images
images

महाशाखाका अनुसार आज काठमाडौंको विवरणमा आज काठमाडौंको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ। रासस


प्रकाशित : मंगलबार, जेठ २३ २०८००५:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend