सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

थप ११ कम्पनीले पाए धितोपत्र व्यापारको अनुमति

images
सोमबार, जेठ २२ २०८०
images
images
थप ११ कम्पनीले पाए धितोपत्र व्यापारको अनुमति
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई धिताेपत्र व्यापारको अनुमति दिएको छ। बाेर्डले एक सूचना जारी गर्दै ११ वटा कम्पनीलाई अनुमति दिएको हाे।

images
images
images

यस अघि सातवटालाई दिईएको थियो। बाेर्डले नबिल बैंकको भगिनि कम्पनी नबिल सेक्युरिसटिज लिमिटेडलाई धितोपत्र व्यापारसमेतको लाइसेन्स दिएको हो।

images
images

यसैगरी थप १० कम्पनीलाई सीमित कार्य गर्ने धितोपत्र धितोपत्र व्यवसायीका रूपमा अनुमति दिइएको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

images
images
images

अनुमति पाउनेमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज छन्। यस्तै मेघा स्टक मार्केट्स लि, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि छन्।

यसैगरी माछापुच्छ्रे सेक्युरिटिज लि, के.वि.एल. सेक्यूरिटिज लि र कलश स्टक मार्केटले सीमित कार्य गर्न अनुमति पाएका छन्। नबिल सेक्युरिटिजले व्यापारीको अनुमति पाएको छ।


प्रकाशित : सोमबार, जेठ २२ २०८०१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend