आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

देशभर ४२ लाख ६६ हजार मोटरसाइकल दर्ता हुँदा कति पुग्यो कुल सवारी संख्या?

दुईपांग्रेको हिस्सा ८० प्रतिशत

images
मंगलबार, जेठ २३ २०८०
images
देशभर ४२ लाख ६६ हजार मोटरसाइकल दर्ता हुँदा कति पुग्यो कुल सवारी संख्या?

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दा २०७८ चैतदेखि निजी कार, बढी इन्जिन क्षमताका मोटरसाइकललगायत दर्जनौँ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।

images
images

काठमाडौं- नेपालमा सर्वाधिक दर्ता हुने सवारीमा दुईपांग्रे रहेको छ। हालसम्म नेपालमा ४२ लाख ६६ हजार ५ सय ६६ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको तथ्यांक छ।

images
images
images

सबै प्रकारका सवारीको कुल दर्ता भने ५२ लाख ६० हजार १ सय ६१ वटा दर्ता भएको सरकारी तथ्यांक छ। सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशभर दर्ता भएका कुल सवारीको संख्या ५२ लाख ६० हजार १ सय ६१ वटा रहेको छ। 

images
images

सबैभन्दा धेरै दर्ता भएका सवारी मध्ये दुईपांग्रेको छ। देशभर दर्ता भएका कुल सवारीमध्ये दुईपांग्रेको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ। हाल नेपालभर ४२ लाख ६६ हजार ५ सय ६६ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका हुन्। चालु आर्थिक वर्षको फागुनमसान्तसम्मको तथ्यांक भएकाले जेठको आधासम्म आइपुग्दा थप सवारी दर्ता भइसकेको छन्। त्यसले दर्ता भएका कुल सवारीको संख्या बढेको छ। 

images
images

मोटरसाइकलपछि धेरै दर्ता हुनेमा निजी कार रहेको छ। हालसम्म देशभर ३ लाख २२ हजार १ सय १९ वटा कार, जिप भ्यान दर्ता भएका छन्। चालु आर्थिक वर्षको मंसिरमसान्त आयात प्रतिबन्ध हुँदासमेत फागुन मसान्तसम्म ९ हजार ८ सय ४९ वटा कार, जिप तथा ध्यान दर्ता भएका छन्। यसरी प्यासेन्जर कार दर्ता हुनुमा विद्युतीय कारको हिस्सा ठूलो रहेको छ। 

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दा २०७८ चैतदेखि निजी कार, बढी इन्जिन क्षमताका मोटरसाइकललगायत दर्जनौँ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। तर विद्युतीय कारलगायतको आयातमा भने प्रतिबन्ध लागेको थिएन। त्यसैले विद्युतीय सवारीको बिक्री भने केही बढेको थियो। 

कार, जिप तथा भ्यानपछि धेरै दर्ता हुनेमा टेक्टर तथा पावर टिलर रहेको छन्। चालु आवको फागुन मसान्तसम्ममा देशभर १ लाख ८४ हजार २ सय ८२ वटा टेक्टर तथा पावर टिलर दर्ता भएका छन्। यसपछि धेरै दर्ता हुनेमा हेभि इक्युपमेन्ट हुन् जुन हालसम्म १ लाख २५ हजार ७ सय ६१ वटा दर्ता भएको तथ्यांक छ। 

हालसम्म देशभर ६४ हजार ६ सय ४७ वटा बस, ३७ हजार ४ सय ७९ वटा मिनिबस/मिनिट्रक, ९० हजार ५ सय १२ वटा पिकअप, ११ हजार ७ सय १५ वटा मोइक्रोबस दर्ता भएका छन्। त्यस्तैगरि ९२ हजार ४ सय ७६ वटा टेम्पो, ५५ हजार ५ सयउ ८५ वटा ई रिक्सा र ९ हजार १९ वटा अन्य सवारी दर्ता भएको तथ्यांक छ। 

चालु आवको ८ महिनामा दर्ता भएका सवारी

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म देशभर २ लाख १८ हजार ७ सय ३७ वटा सवारी दर्ता भएका छन्। त्यसमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटरको रहेको छ। ८ महिनाको अवधिमा देशभर १ लाख ८३ हजार ७८ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका हुन्। यो अवधिमा तरलता अभावलगायत कारणले अन्य व्यवसायजस्तै सवारीसाधनको व्यापारसमेत मन्द रहेको छ। त्यसैले सबैप्रकारका सवारीको दर्ता घटेको छ। 

साउनदेखि फागुनसम्म देशभर २ हजार २ सय ४६ वटा बस, ३ हजार २ सय ३९ वटा मिनिबस/मिनिट्रक, ३ हजार २ सय ३९ वटा हेभी इक्युवमेन्ट, ९ हजार ८ सय ४९ वटा कार, जिप तथा भ्यान दर्ता भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। 

यसैगरि २ हजार ५ सय १८ वटा पिकअप, २ सय ८६ वटा माइक्रोबस, ४ हजार ९ सय ३९ वटा टेम्पो दर्ता भएको तथ्यांक छ। साथै २ हजार ५ सय १९ वटा टेक्टर/पावर टिरल, ६ हजार ८ सय २० वटा ई रिक्सा र ४ वटा अन्य सवारी दर्ता भएको छ। 


प्रकाशित : मंगलबार, जेठ २३ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend