शुक्रबार, असोज १२ गते २०८०    

राष्ट्रपतिद्वारा ६ देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त

images
राष्ट्रपतिद्वारा ६ देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त

विभिन्न ६ देशका लागि तीन जनालाई आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ।

images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम विभिन्न देशका लागि आवासीय नेपाली राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।

images

राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि कैलाशराज पोखरेल, ब्राजिलका लागि निर्मलराज काफ्ले र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायलाई आज आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयलले विज्ञप्तिमार्फत जनाएको छ।

images

साथै उल्लेखित राजदूतहरु क्रमशः पोखरेललाई पपुवा न्यूगिनी, काफ्लेलाई कोलम्बिया र रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ। रासस

images

images

प्रकाशित : सोमबार, जेठ २२ २०८००६:१८

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ