शनिबार, वैशाख ८ गते २०८१    
images
images

वृहत्तर लुम्बिनीको प्रवर्द्धन गर्न कोषले गर्‍यो स्थानीय तहसँग छलफल

images
images
वृहत्तर लुम्बिनीको प्रवर्द्धन गर्न कोषले गर्‍यो स्थानीय तहसँग छलफल

वृहत् लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सहकार्य गर्ने गरी छलफल कार्यक्रम गरिएको हो।

images
images

रुपन्देही- आगामी आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी विकास कोषले वृहत् लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको छ।

images
images
images

वृहत् लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सहकार्य गर्ने गरी छलफल कार्यक्रम गरिएको हो।

images

बुद्ध जन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।

images

आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्व सन्ध्यामा पुरातात्विक क्षेत्रको उत्खनन, संरक्षण र प्रवर्द्धनमा उपलब्धिमूलुक काम गर्नका लागि छलफल फलदायी हुने उनको विश्वास छ।

images
images

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा वृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवर्द्धनमा काम गरिने बताए। छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँनले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरी विकास गर्नुपर्नेमा जोड दिए।

यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफूहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए। सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्द खाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा तीन दिन बस्ने वातावरण बनाउनुपर्ने बताए।

सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएको दाबी गर्दै त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको बताए।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले वृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामी दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताउँदै स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रको संरक्षण र प्रवर्द्धनमा बजेट छुट्याएर जानुपर्नेमा जोड दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, वृहत्तर लुम्बिनी क्षेत्र र आगामी योजना प्रस्तुत गर्दै रुपन्देही, कपिलवस्तु र नवलपरासीका बौद्धस्थलको विकासका लागि कोषका तर्फबाट काम भइरहेको जानकारी गराए। रासस

images

प्रकाशित : सोमबार, जेठ २२ २०८००७:५८

प्रतिक्रिया दिनुहोस