आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

यस वर्ष ६ सय झोलुंगे पुल निर्माण गरिने, प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम

images
सोमबार, जेठ २२ २०८०
images
यस वर्ष ६ सय झोलुंगे पुल निर्माण गरिने, प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम

यस वर्ष ग्रामीण क्षेत्रमा बढी झोलुंगे पुल निर्माण गर्ने योजना छ। खासगरी कर्णालीको, सुदूरपश्चिम क्षेत्रमा बढी जोड दिइएको छ।

images
images

काठमाडौं- यस वर्ष देशभर झन्डै ६ सय झोलुंगे पुल निर्माण गरिने भएको छ।

images
images
images

एक दिनमा दुई झोलुंगे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम संख्यामा सम्पन्न हुन लागेको हो । 

images
images

पुराना क्रमागत काम भए पनि नयाँ पुलमा बजेट कमीले गर्दा नयाँ ठेक्का आह्वान गर्न नसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। दुई वर्ष पहिले र गतवर्ष सुरु भएका पुल निर्माण सम्पन्न गर्न लागिएको छ। पुल निर्माण तीनै तहबाट हुने भए पनि छुट्टाछुट्टै नभएर आपसी समन्वयमा हुने गरेको विभागको भनाइ छ। 

images
images

'स्थानीय तहले साना, प्रदेशले मध्य र संघीय सरकारले लामा पुल निर्माण गर्दै आएको छ', विभागका उपमहानिर्देशक अशोककुमार साहले भने, 'संघले ठूला तथा दुई वटा डाँडा जोड्ने वा प्राविधिक रुपमा कठिन र धेरै स्पान चाहिने पुल बनाउने गर्छ।' एउटा पुल बनिसक्न कम्तीमा दुईदेखि तीन वर्ष लाग्छ। 

कुनै योजनामा बजेट परेपछि पहिलो वर्ष त्यसको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन गरिने र खरिद प्रक्रिया सुरु हुने उनले बताए। पुल सानो भएमा खरिद प्रक्रियामा गएको एक वर्षमै र ठूलो भएमा दुई वर्षमै सम्पन्न गरिने  छ।

यस वर्ष ग्रामीण क्षेत्रमा बढी झोलुंगे पुल निर्माण गर्ने योजना छ। खासगरी कर्णाली, सुदूरपश्चिम क्षेत्रमा बढी जोड रहेको उपमहानिर्देशक साहले जानकारी दिए।

गत वर्षसम्म विभागले देशभरका तुईन विस्थापित गर्न प्राथमिकता दिएको थियो। अब तुइन हटाउनका लागि झोलुंगे पुल बनाउनुपर्ने भएको उनले जानकारी दिए। उपमहानिर्देशक साहले भने, ' पहिले पहिचान भएका सबै तुइनका ठाउँमा झोलुंगे पुल बनाइसकिएको छ।'

विभागले खासगरी ग्रामीण भेगका नागरिकलाई नदी वारपार गर्न सजिलो होस् भनी पुल निर्माण गर्दै आएको छ। झोलुंगे पुल बनेको केही वर्षभित्रै सडक पुल बन्ने ठाउँभन्दा पनि अझै केही वर्ष नबन्ने देखिएको स्थानलाई प्राथमिकतामा राखिएको विभागले बताउँदै आएको छ। चार पाँच वर्षमा नै त्यहाँ मोटर गुड्ने पुल बनाइने स्थानमा झोलुंगे पुलको औचित्य नभएको उपमहानिर्देशक साहले बताए। चालु आव र आगामी आवमा पनि अब तराईमा झोलुंगे पुलको योजना कम रहेको छ। काठमाडौं उपत्यकामा भने त्यस्तो योजना नै छैन। रासस 


प्रकाशित : सोमबार, जेठ २२ २०८००७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend